Nepal Life

वैदेशिक रोजगारीमा रहेकालाई गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Tue 11:10
वैदेशिक रोजगारीमा रहेकालाई गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट
National Life

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आइपीओ सोमबार (पुस ८ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत २२ हजार ५०० जना आवेदकलाई १० कित्ताका दरले २ लाख ५० हजार कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी गराएको छ । वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।

 

NIMB

कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा १०% ले हुने २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरेको थियो । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया