नेको इन्स्योरेन्सले पायो २५ प्रतिशत हकप्रद निष्काशनको अनुमति, चुक्ता पूँजी साढे २ अर्ब नाघ्ने
- BFIS News
- 2024 Dec Tue 17:34
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । जस अनुसार कम्पनीले १ : ०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया