Nepal Life

मन्दाकिनी हाइड्रोले १२५ प्रतिशत हकप्रद निष्काशन गर्ने, माथिल्लो सार्दिखोला जलविद्युत आयोजनामा लगानी गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Fri 10:48
मन्दाकिनी हाइड्रोले १२५ प्रतिशत हकप्रद निष्काशन गर्ने, माथिल्लो सार्दिखोला जलविद्युत आयोजनामा लगानी गर्ने
National Life

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । पुस ८ गते मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

NIMB

कम्पनीको २०८१ साल मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजीको १२५ प्रतिशत अर्थात १ :१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नको लागि उक्त सम्झौता सम्पन्न भएको हो । साधारण सभा पश्चात कम्पनीको अधिकृत पुँजी २ अर्ब तथा जारी तथा चुक्ता पुँजी ६४ करोड ६७ लाख (५ प्रतिशत बोनस सेयर पश्चात) पुगेको छ । कम्पनीको केन्द्रीय कार्यालय भाटभटेनी, नक्साल, काठमाण्डौंमा रहेको छ ।

यस कम्पनीले प्रबद्र्धन गरेको सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको छ । आयोजनाबाट ४ मेगावाट बराबरको विद्युत २०७४ साल मंसिरदेखि व्यवसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

हकप्रद सेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार