Nepal Life

एमसिसीले गर्यो प्रसारण लाइनको तेइस मिटर दायाँबायाँ निर्माण कार्य निषेध

NMB Bank
  • BFIS News
  • 2024 Dec 27 11:25
एमसिसीले गर्यो प्रसारण लाइनको तेइस मिटर दायाँबायाँ निर्माण कार्य निषेध
United Ajod

काठमाडौँ, पुस १२ गते । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले निर्माण गर्न लागेको प्रसारण लाइनको २३/२३ मिटर दायाँबायाँ कुनै पनि निर्माण कार्य गर्न गर्न निषेध गरिएको छ । 

Shikhar
Nepal Life
NIMB

अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै एमसिए नेपालले निर्माण गर्ने प्रसारण लाइन आयोजनाको तोकिएको क्षेत्रभित्र प्रसारण लाइनको मध्यरेखाबाट दायाँबायाँ २३/२३ मिटरभित्र कुनै निर्माण कार्य तथा रुखबिरुवा रोप्न नपाउने उल्लेख गरेको हो । 

मन्त्रालयका अनुसार ३१५ किलोमिटर लम्बाइको ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना अन्तर्गतको नयाँ दमौलीदेखि नयाँ बुटवल हुँदै नेपाल–भारत सीमासम्म नवलपरासीमा पर्ने ३३.५४ किलोमिटर लम्बाइको प्रसारण लाइनको मार्गमा पर्ने ७०.५९६ हेक्टर क्षेत्रफलभित्र त्यस्तो कार्य निषेध गरिएको हो । 

मन्त्रालयले राजपत्रमा उक्त क्षेत्रफलभित्र पर्ने पाल्हीनन्दन, रामग्राम, सुनवल र बर्दघाट क्षेत्रका जग्गा र त्यसको कित्ता नम्बर पनि उल्लेख गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया