Nepal Life

कृषि विकास, चिलिमे सहित ७ कम्पनीको लाभांश आजसम्म शेयर किन्नेले पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Sun 11:06
कृषि विकास, चिलिमे सहित ७ कम्पनीको लाभांश आजसम्म शेयर किन्नेले पाउने
National Life

काठमाडौं । सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम दिन हो । जसमा चिलिमे जलविद्युत कम्पनी, छिमेक लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् ।  साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी कम्पनीले मंगलबार पुस १६ गते बुक क्लोज गर्दैछन् । सोमबार पुस १५ गते सार्वजनिक विदा परेकोको यी कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजै (पुस १४ गते) सेयरधनी बनिसक्नु पर्नेछ ।

NIMB

जसमा चिलिमे जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

कृषि विकास बैंकले पुस २९ गतेका लागि अठारौं वर्षिक साधारण सभा बोलाएको छ । सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

महालक्ष्मी विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा एलिस रिसेप्सन सुवर्ण सम्शेर मार्ग ग्रह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । 

मितेरी डेभलपमेन्ट बैंकले पुस २७ गते वार्षिक साधारण सभा डाकेको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा यस बैंकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । 

जीवन विकास लघुवित्त वित्तीय संस्थाले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा होटल सामना प्रा.लिको सभाहल, हेटौंडामा बिहान ११ बजे सुरु हुनेछ । 

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा घोराही उपमहानगरपालिका–१५, होटेल माला ईन, दाङमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार