NIMB Header 2
Nepal Life

सिटिजन लाइफको आइपिओमा आजदेखि आवेदन दिन सकिने, ९ लाख जनाले १० कित्ता पाउने

National Life
  • BFIS News
  • 2023 Sep 01 08:29
सिटिजन लाइफको आइपिओमा आजदेखि आवेदन दिन सकिने, ९ लाख जनाले १० कित्ता पाउने
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो । 

Shikhar
NIMB

सिटिजन लाइफले जारी पूँजी ३ अर्ब ७५ करोडको ३० प्रतिशत अर्थात् १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काश गर्न थालेको हो । उक्त शेयर मध्ये ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता सुरक्षित गरिएको छ। बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई छुट्टाइएको छ ।

कम्पनीले यस अघि ११ लाख २५ हजार कित्ता शेयर रोजगारीमा रहेका नेपालीहरुलाई आईपिओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

लगानीकर्ताहरुले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरुले अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यस आइपिओमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तयि दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया