नेप्से परिसूचक २५४६ सम्म तल झरेर फर्कियो, राष्ट्र बैंकको कदम र राजनीतिक घटना क्रमले तरङ्गित शेयर बजार
- BFIS News
- 2024 Dec Tue 15:10

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५३ अंक भन्दा धेरै अंकले तल झरेर अन्तिममा ३३.०८ अंकको गिरावट भएर बन्द भएको छ । राजनीतिक घटनाक्रम र नेपाल राष्ट्र बैंकको कदमले शेयर बजार तरङ्गित भएको छ ।
मंगलबार नेप्से सूचक २५४६ अंकसम्म घट्यो । कारोबारको अन्तिममा केहि करेक्सन हुँदै २५७६.५० अंकमा बन्द भएको छ । कारोबार रकम ५ अर्ब ६७ करोड रुपैयाँको भएको छ । अधिकाम्स फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । राष्ट्र बैंकले खराव कर्जा धेरै देखिएका बैंक तथा फाइनान्सको वित्तीय अवस्थालाई शुक्ष्म रुपमा मूल्याङ्कन गरिरहेको छ ।
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई टेकओभर गर्दा कर्णालीको जस्तै वित्तीय अवस्था भएका अन्य विकास बैंक तथा फाइनान्सका शेयरधनी पनि डराएका हुन् । यसले गर्दा अन्य कम्पनीहरुको शेयर मूल्यमा पनि नकारात्मक असर परेको छ । अर्को तर्फ दोस्रो त्रैमाशको व्याज र किस्ताको दवाव देखिएको छ । यस बाहेक राजनीतिक क्षेत्रमा केहि हलचल हुने वा परिवर्तन हुने चर्चाले पनि शेयर बजार तरङ्गित भइरहेको छ । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले बैकल्पिक समिकरणको खोजि भइरहेको संकेत गरे सँगै आज त्यसको पनि केहि हदसम्म प्रभाव परेको देखिन्छ ।
प्रतिक्रिया