Nepal Life

नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावरको लाभांश आजसम्म शेयर किन्नेले पाउने, हेर्नुहोस् कसको कति पाइन्छ लाभांश

National Life
  • BFIS News
  • 2025 Jan Wed 08:54
नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावरको लाभांश आजसम्म शेयर किन्नेले पाउने, हेर्नुहोस् कसको कति पाइन्छ लाभांश
RBB

काठमाडौं, पुस १७ । नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावरले घोषणा गरेको लाभांश आजसम्म शेयर खरिद गर्नेले मात्रै पाउने भएका छन् । तीन वटै कम्पनीले भोलि पुस १८ गते बुक क्लोज गर्दै छन् । 

NIMB

नेपाल टेलिकमले पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सत्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

गरिमा विकास बैंकले पुस २९ गते, सोमबार, होटल पोखर ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

बुटवल पावर कम्पनीले पुस २८ गते, आइतबार, कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, तल्लो मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र लोअर मनाङ मर्स्याङदी हाइड्रोपावर कम्पनी प्रा।लि। मा हस्तान्तरण गर्ने, चिनोखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र चिनो हाइड्रोपावर लिमिटेडमा हस्तान्तरण गर्ने, धितोपत्रको थप सार्वजनिक निष्काशनको जानकारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया