Nepal Life

फाइनान्स र विकास बैंकका शेयरधनीले घटेको फाइदा उठाए, नेप्से ५.१० अंकले सुधार हुँदा ५ कम्पनीको शेयर सर्किट लेभलमा

Global Ime detail Page
  • BFIS News
  • 2025 Jan Wed 15:09
फाइनान्स र विकास बैंकका शेयरधनीले घटेको फाइदा उठाए, नेप्से ५.१० अंकले सुधार हुँदा ५ कम्पनीको शेयर सर्किट लेभलमा
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई कारोबार गरे सँगै खराव कर्जा अत्याधिक धेरै देखिएका विकास बैंक र फाइनान्सको शेयर मूल्य घटेको मौका छोपेका छन् । लो क्यापका फाइनान्सको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दा बुधबार अधिकाम्स फाइनान्सको शेयर मूल्यमा सर्किट लागेको छ । मंगलबार फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो । 

NIMB

मंगलबार नेप्से सूचक भने ५.१० अंकले सुधार देखिएको छ । तिव्र उचारचढावका विच आज २५६८ अंकसम्म तल झरेको नेप्से सूचक अन्तिममा २५८१.६० अंकसम्म पुगेर बन्द भएको छ । आज १५० वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ८८ वटाको भने घटेको छ । कारोबार रकम भने ३ अर्ब ५९ करोडमै सिमित भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबार लिमिटमा प्रतिवन्ध लगाउने चर्चाले गएका दिनमा नेप्से सूचक नराम्रो सँग तल झर्यो । यसका अतिरिक्त राजनीतिक गतिरोध र अफ सिजनको राम्रै प्रभाव देखियो । 

यि सबै कुराहरुलाई बजारले चिर्दै गयो भने अवको फागुन चैत र बैशाखमा शेयर बजारले यस अगाडीको ३ हजारको सूचकलाई तोड्ने विश्लेषणले पनि बाठा लगानीकर्ताले शेयर उठाइरहेका छन् । हाम्रोमा बजार घट्दा आत्तीने र बढ्दा मात्तीने प्रवृत्तीले धेरै लगानीकर्ताहरु बजारमा फस्ने गरेका छन् । 

बजार थोरै मात्र घट्न थाल्यो भने नकारात्मक कुराको चर्चा हुने र बढ्न थाल्यो भने सकारात्मक कुराको चर्चा गर्ने प्रवृत्ती पनि धेरै छ । आज त्रिशुली जलविद्युत, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सुपर मादी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । यस सँगै सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । 

कारोबारका हिसावले सबैभन्दा धेरै एनबरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ८२ लाखको कारोबार भएको छ । त्यस्तै जानकी फाइनान्सको ९ करोड ६९ लाखको कारोबार भएको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार