Nepal Life

नेपाल लाइफका मुक्तिनाथ काप्री सन् २०२६ का लागि बने पहिलो एमडिआरटी, टिओटीसम्मको टार्गेट पुरा गर्ने लक्ष्य

National Life
  • BFIS News
  • 2025 Jan Wed 17:59
नेपाल लाइफका मुक्तिनाथ काप्री सन् २०२६ का लागि बने पहिलो एमडिआरटी, टिओटीसम्मको टार्गेट पुरा गर्ने लक्ष्य
RBB

काठमाडौं । नेपाल लाइफका मुक्तिनाथ काप्रीले सन् २०२६ का लागि पहिलो दिनमै एमडिआरटी क्वालिफायर्ड भएका छन् । उनले सन् २०२६ का लागि तय गरिएको एमडिआरटीको लक्ष्य एकै दिनमा पुरा गरी नेपालबाटै पहिलो एमडिआरटी बन्न सफल भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नेशनल सेल्स हेड उमापती पोख्रेलले जानकारी दिए ।

NIMB

उनले सन् २०२६ का लागि तय गरिएको एमडिआरटीको लक्ष्य ५३ लाख ९६ हजार ७०० रुपैयाँको टार्गेट पुरा गरेका हुन् । उनले हाल चितवनबाट जीवन बीमा व्यवसाय गर्दै आइरहेका छन् । वास्तविक घर धादिङ भए पनि उनको बसोबसाइ भने चितवनमै छ । विगत १४ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आइरहेका उनि यस अगाडी स्याकर ट्रेडिङ कम्पनीको चितवन शाखामा म्यानेजर थिए ।

उनको बीमा क्षेत्रको सुरुवाती यात्रा पनि रोचक छ । जतिवेला बीमा कम्पनीहरुले टार्गेट पुरा गर्ने अभिकर्तालाई स्कुटर दिने व्यवस्था थियो । नेपाल लाइफबाट टार्गेट पुरा गरेका चितवन क्षेत्रका अभिकर्ता उनकै स्वरुममा स्कुटर लिन आउथे । यसै क्रममा नेपाल लाइफबाट स्कुटर पाउन सफल लक्ष्मी कर्णेलले उनलाई बीमाको लागि प्रस्ताव गरिन् । उनले 'आफु निजी क्षेत्रमा काम गर्ने मान्छे हाम्रो खासै राम्रो आम्दानी हुँदैन' भनेर जवाफ दिए ।

उनको जवाफ पछि कर्णेलले बीमा अभिकर्ता बन्न प्रस्ताव गरिन् । 'अभिकर्ता बनेर काम गर्दा टार्गेट पुरा गर्न सक्यो भने एजेन्सी म्यानेजर बन्न सकिने र हामीले जस्तै तपाईले पनि स्कुटर जित्न सक्नु हुन्छ' भनेर सल्लाह दिइन् ।

काप्रीलाई उनको सल्लाह चित्त बुझ्यो । नेपाल लाइफबाट अभिकर्ता कोड लिएर काम गर्न सुरु गरे । उनले पहिलो बीमा पनि स्वरुममा बाइक किन्न आउने ग्राहकबाटै सुरुवात गरे । नेपालमा मोटर बीमा अनिवार्य भएकाले उनले बाइक स्कुटर बिक्री गर्दा ग्राहकहरुलाई निर्जीवन बीमा सँगै जीवन बीमाका लागि पनि प्रस्ताव गर्न थाले । यसरी बाइक स्वरुम र बीमा अभिकर्ता भएर तीन वर्ष जति काम गरे ।

यस पछि भने उनलाई दुबै तिर काम गरेर सफल होइदैन जस्तो लाग्यो । त्यस पछि उनले बाइक स्वरुमको जागिर छाड्ने निधो गरे । उनको यो निर्णयले उनलाई जीवनमा यति धेरै सफलता मिल्यो कि विगत २०२१ देखि लगातार ६ पटक एमडिआरटी बन्न सफल भए । यस अवधिमा उनि २०२४ का लागि सिओटीसम्म बन्न सफल भए ।

उनलाई बीमा क्षेत्रमा काम गर्दा आफुले सकेको रेकर्ड पनि बनाउनु पर्छ भन्ने लाग्यो । यसले गर्दा उनले सन् २०२६ का लागि काप्रीले आजको दिनका लागि विगत १५/२० दिनदेखि तयारी गर्दै आएका थिए । उनले आजै २० वटा पोलिसी जारी गरेर ५४ लाख भन्दा धेरै बीमा शुल्क संकलन गरेका हुन् ।

बीमाका अतिरिक्त विभिन्न संघ संस्थामा काम गरिरहेका काप्रीले आफ्ना साथि भाइदेखि लिएर ठुला ठुला व्यापारी व्यवसायीहरुलाई समेत बीमा गराउन सफल भइसकेका छन् । उनले आजको दिनसम्ममा साढे ६ सय भन्दा धेरैको बीमा गराइसकेका छन् ।

उनि बीमाको महत्व बुझाएर मात्रै बीमाको लागि प्रस्ताव गर्छन् । उनि भन्छन् 'यदि हामीले बीमाको बारेमा राम्रो सँग बुझाउन सक्यौ भने बीमाको प्रस्ताव गर्न गाह्रो पर्दैन ।' बजारमा अभिकर्ताहरुले ५० लाखको बीमा गर्न सक्ने क्षमता भएका बीमितहरुलाई आफ्नो टार्गेट पुरा गर्न 'मेरा लागि भए पनि यति रुपैयाँको बीमा गरिदिनु पर्यो' भनिरहदा वास्तविक रुपमा बीमा हुन नसकेको उनि बताउछन् ।

यसरी प्रस्ताव गर्दै गर्दा बीमितको पृष्ठभुमी बुझ्नु पर्ने काप्री बताउछन् । उनि भन्छन् 'कुनै व्यक्तिको ५ लाखको बीमा गर्ने क्षमता होला हामीले करोडको बीमा गर्नुहोस् भनेर हुँदैन ।' यसका लागि आफुले कसलाई भेट्न जादै छौ भन्ने कुराको जानकारी राख्नु पर्ने उनि बताउछन् । उनि आफै बीमा गराउन जादा सबैभन्दा पहिला बीमितको पृष्ठभूमी राम्रो सँग अध्ययन गर्छन् । सबै कुराको अध्ययन गरेर बीमाको प्रस्ताव गरिसके पछि कहिल्यै पनि रित्तो हात फर्कनु नपर्ने उनि बताउछन् ।

काप्रीको एक छोरा र एक छोरी छन् । श्रीमतिले पनि उनलाई यस राम्रो साथ सहयोग गर्ने गरेकी छिन् ।  नेपाल लाइफबाटै यतिका धेरै उपलब्धी हासिल भइसकेका काप्रीले आगामी दिनमा पनि नेपाल लाइफबाटै काम गरिरहने अठोट बनाएका छन् । पहिलो दिनमै एमडिआरटीको लक्ष्य पुरा गर्दै गर्दा सन् २०२६ कै लागि सिओटी र टीओटीसम्म बन्ने लक्ष्य बनाएका छन् ।

सन् २०२६ का लागि सिओटी बन्न एक करोड ६१ लाख ९० हजार एक सय रुपैयाँ बीमा शुल्क संकलन गर्नु पर्छ । त्यस्तै टिओटीको लक्ष्य पुरा गर्न तीन करोड २३ लाख ८० हजार २०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्नेछ ।

जीवन बीमा हरेक मानिसको लागि अपरिहार्य रहेको उनि बताउछन् । बजारमा बीमाको लाभ मृत्यु पछि मात्रै पाइन्छ भन्ने मान्यतालाई चिर्नु पर्ने उनले बताए । बीमा गर्दा बचत सँगै परिवारको पनि सुरक्षा हुने भएकाले भोलिका दिनमा भवितव्य केहि भइहाल्यो भने आफ्नो परिवार रोडमा आउन रोक्ने एक मात्रै माध्यम भनेको बीमा भएको उनको विश्लेषण छ । उनले भने 'बीमाले घाउमा मलपट्टी लगाउने काम गर्छ ।' सरकारले कर योग्य आयमा बीमा मार्फत एक लाखसम्मको कर छुटको व्यवस्था गरिदिने हो भने यसको दायरा अझ फराकिलो हुने उनको भनाइ छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया