एभरेष्ट कलरले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन, प्रति कित्ता ५० रुपैयाँमा ७ लाख ८० हजार कित्ता
- BFIS News
- 2025 Jan Thu 20:37
काठमाडौं । एभरेष्ट कलरले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रति कित्ता ५० रुपैयाँको दरमा ७ लाख ८० हजार कित्ता शेयर जारी गर्ने भएको हो । कम्पनीले प्राथमिक बजारमा तीन करोड ९० लाख रुपैयाँको शेयर जारी गर्न लागेको हो ।
२६ करोड चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने भएको हो । धितोपत्र निष्काशन तथा बिक्री कर्ता मुक्तिनाथ क्यापिटल रहेको छ ।
२०६८ सालमा स्थापना भएको कम्पनीले भक्तपुर र चितवनमा एल्मुन्सन पेन्ट तथा प्राइमर उत्पादन गर्दै आइरहेको छ । इमल्सन पेन्ट लगायतका धेरै प्रकारका रङ तथा रङजन्य वस्तुहरु उत्पादन गरिरहेको छ ।
प्रतिक्रिया