Nepal Life

दुगड ग्रुपको नुम्बुर हिमालयन हाइड्रोपावरले प्रिमियममा आइपिओ निष्काशन गर्ने, २१८ रुपैयाँमा ३० लाख कित्ता

Global Ime detail Page
  • BFIS News
  • 2025 Jan Thu 21:20
दुगड ग्रुपको नुम्बुर हिमालयन हाइड्रोपावरले प्रिमियममा आइपिओ निष्काशन गर्ने, २१८ रुपैयाँमा ३० लाख कित्ता
National Life

काठमाडौं । दुगड ग्रुपले प्रवर्द्धन गरेको नुम्बुर हिमालयन हाइड्रोपावर कम्पनीले प्रिमियममा आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रति कित्ता २१८ रुपैयाँको दरमा ३० लाख ६ हजार २०२ कित्ता शेयर जारी गर्ने भएको हो । कम्पनीले ६५ करोड ५३ लाख रुपैयाँको आइपिओ जारी गर्ने भएको हो । 

NIMB

नुम्बुर हिमालय हाइड्रोपावरले सोलुखुम्बु र रामेछापको लिखु खोलामा २४.२ मेगावाट क्षमताको आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएर २०२२ फेब्रुअरीदेखि नै विद्युत उत्पादन हुँदै आएको छ । आयोजनाको अनुमानित लागत ४ अर्ब ४४ करोड अनुमान गरिएकोमा ६ अर्ब २३ करोड लागेको थियो । प्रतिमेगावाट लागत २१ करोड ५० लाख रुपैयाँ मात्रै भएकाले पनि आयोजनाले छिट्टै प्रतिफल दिने सम्भावना छ । 

प्रारम्भिक चरणमा आयोजनामा लक्ष्मी सनराइज बैंकको ९६ करोड ७० लाख, सिद्धार्थ बैंकको ८७ करोड, प्रभु बैंकको ७२ करोड ४० लाख, सिटिजन्स बैंकको ४८ करोड ३० लाख र ग्लोबल आइएमई बैंकको २९ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको थियो । 

 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार