Nepal Life

सवारी दुर्घटनाबाट पुर्ण अशक्त नेपाल लाइफका बुढाले किस्ता तिर्न नपर्ने, १० वर्षसम्म मासिक भत्ता पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sat 06:41
सवारी दुर्घटनाबाट पुर्ण अशक्त नेपाल लाइफका बुढाले किस्ता तिर्न नपर्ने, १० वर्षसम्म मासिक भत्ता पाउने
Sanima Reliance

काठमाडौं । सवारी दुर्घटनाबाट पुर्ण रुपमा अशक्त भएका मान बहादुर बुढाले नेपाल लाइफमा बीमा शुल्क भुक्तानी गर्न नपर्ने भएको छ । साबिक मुगु जिल्ला हाल बैजानाथ १ चिसापानी बस्ने बर्ष ३२ का मान बहादुर बुढा सवारी दुर्घटना भै पुर्ण अशक्त भएका थिए । 

 

NIMB

यसरी पुर्ण असक्त भए सँगै कम्पनीको नियम अनुसार उनले अव उप्रान्त बीमा शुल्क तथा किस्ता तिर्नु नपर्ने भएको छ । उनले बीमा शुल्कमा छुट मात्रै पाएका छैनन् अवको १० वर्षसम्म मासिक भत्ता समेत पाउने छन् । 

कम्पनीले पुर्ण असक्त बुढालाई घरमै गएर मासिक भत्ता तथा सम्पुर्ण दाबी उपलब्ध गराएको छ । उनले अवदेखि बीमा शुल्क भुक्तानी गर्नु नपर्नु पनि ठुलो दाबी हो । हरेक वर्ष किस्ता तिर्नु पर्ने दायित्वबाट पनि उनि मुक्त भएका छन् । जीवन बीमा मृत्यु पछि मात्रै हो भन्ने कथनलाई यस्ता घटनाले जीवन बीमा जीवन हुँदाका लागि पनि आवश्यक छ भन्ने बोध गराएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया