Nepal Life

महुली लघुवित्तको एफपीओ बाँडफाँट, ४७ हजार ५५४ जनाले पाए १० कित्ता, यसरी हेर्नुहोस् रिजल्ट

National Life
  • BFIS News
  • 2025 Jan Fri 12:06
महुली लघुवित्तको एफपीओ बाँडफाँट, ४७ हजार ५५४ जनाले पाए १० कित्ता, यसरी हेर्नुहोस् रिजल्ट
RBB

काठमाडौं । महुली लघुवित्तको एफपीओ आज शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले बिहान १०.३० बजे एफपीओ बाँडफाँट गरेको हो । जसमा ४७ हजार ५५४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यस्तै, ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन्।

NIMB

यो सेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए। सोमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ। 

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ । 

महुलीले पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । 

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८१ साउन २५ मंसिर १४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ मंसिर ९ गतेसम्म बाहल रहनेछ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया