Nepal Life

काठमाडौंमा भूकम्पको धक्का, तिब्बतको दिङ्ग्ये काउन्टीमा ७.० म्याग्निच्युडको भूकम्प

NMB Bank
  • BFIS News
  • 2025 Jan 07 07:12
काठमाडौंमा भूकम्पको धक्का, तिब्बतको दिङ्ग्ये काउन्टीमा ७.० म्याग्निच्युडको भूकम्प
United Ajod

काठमाडौं । आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु दिङ्ग्ये काउन्टी आसपासमा रहेको थियो।

Shikhar
Nepal Life
NIMB

भूकम्पले तिब्बतको दक्षिणी क्षेत्रमा ठुलो धक्का दिएको छ, जसले आसपासका जिल्लामा समेत असर पारेको छ। उच्च म्याग्निच्युडका कारण ठुलो क्षतिको सम्भावना रहेकोले स्थानीय प्रशासनले प्रभावित क्षेत्रका नागरिकहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

हालसम्म ठुला क्षति वा घाइतेको विस्तृत विवरण उपलब्ध भएको छैन। अधिकारीहरूले थप पराकम्पहरू आउन सक्ने चेतावनी दिएका छन् र नागरिकलाई आपत्कालीन तयारी गर्न सल्लाह दिएका छन्। स्थानीय राहत टोलीहरू परिचालन भई क्षतिको आकलन गरिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया