नेपालमा समेत ठुलो धक्का महशुस गरिएको भुकम्पले चीनमा ३६ जनाको मृत्यु
- BFIS News
- 2025 Jan Tue 11:53

काठमाडौं । नेपालमा समेत ठुलो धक्का महशुस गरिएको भुकम्पले चीनमा ३६ जना भन्दा धेरैको मृत्यु भएको छ । आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको हो ।
चिनियाँ समाचार संस्था सीजीटीएनका अनुसार याे समाचार तयार पार्ने अवस्थासम्म मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको र थप विवरण आउने क्रममा रहेको जनाएको छ ।
प्रतिक्रिया