भूकम्प अपडेटः चीनमा मृतकको संख्या ९५ पुग्यो, १३० घाइते
- BFIS News
- 2025 Jan Tue 17:19
काठमाडौं । चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ । साथै १३० जना घाइते भएका छन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।
प्रतिक्रिया