Nepal Life

गार्डियन माइक्रो लाइफको आइपिओ पाउने भाग्यमानीले कति कमाउलान् ? यस्तो छ विश्लेषण

Global Ime detail Page
  • BFIS News
  • 2025 Jan Wed 19:53
गार्डियन माइक्रो लाइफको आइपिओ पाउने भाग्यमानीले कति कमाउलान् ? यस्तो छ विश्लेषण
National Life

काठमाडौं । लगानीकर्ता तथा विश्लेषकहरुले माइक्रो इन्स्योरेन्स कम्पनीहरुलाई पनि बैंकिङ क्षेत्रको माइक्रोफाइनान्सकै दर्जामा राखेर हेरिरहेका छन् । नेपाल बीमा प्राधिकरणले दुई वर्ष अगाडी निम्न वर्गका मानिसहरुमा बीमाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ ७ वटा लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको थियो ।

NIMB

यसरी लाइसेन्स पाउने मध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा पहिला आइपिओ निष्काशन गर्यो । कम्पनीको आइपिओमा १९ लाख ६ हजारले आवेदन दिए । यस मध्ये एक लाख ८० हजारले मात्रै शेयर पाउने छन् । जसले शेयर पाउने छन् उनिहरुले राम्रै पैसा बनाउने निश्चित छ । 

यसले गर्दा गार्डियनको आइपिओलाई लगानीकर्ताले विशेष चनाखोका साथ हेरिरहेका छन् । कतै माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर मूल्य पनि माइक्रोफाइनान्सकै जति हुने त होइन भन्न थालेका छन् । यहि परिदृश्यलाई विश्लेषण गर्दा अहिले दोस्रो बजारमा ५० वटा माइक्रोफाइनान्स सूचिकृत छन् । यस मध्ये न्युनतम २ करोड २८ लाख रुपैयाँदेखी अधिकतम ४ अर्ब ३१ करोड रुपैयाँसम्म पूँजी भएका लघुवित्त छन् ।

पूँजीकै आधारमा लघुवित्तको शेयर मूल्य हेर्ने हो भने सबैभन्दा धेरै पूँजी भएको साना किसानको शेयर मूल्य ८१० रुपैयाँ छ भने सबैभन्दा कम पूँजी रहेको समाज लघुवित्तको ३४६४ रुपैयाँ छ । सबैभन्दा धेरै शेयर मूल्य भएको महिला लघुवित्तको शेयर पूँजी ७ करोड ८३ लाख छ भने बजार मूल्य ६ हजार ५८ रुपैयाँ छ ।

आइपिओ निष्काशन पछि गार्डियन माइक्रो लाइफको शेयर पूँजी ७५ करोड पुग्नेछ । यस मध्ये साढे २२ करोड मात्रै दोस्रो बजारमा खुला कारोबार हुनेछ । अर्थात दोस्रो बजारमा शेयर सप्लाइन धेरै कम हुने देखिन्छ । यहि रेन्जको पूँजी भएका माइक्रोफाइनान्सलाई हेर्ने हो भने एनएमबी लघुवित्त छ । यसको शेयर मूल्य ७०० रुपैयाँ छ । त्यस्तै यहि पूँजीको आसपासका अन्य माइक्रोफाइनान्सहरु विजय लघुवित्त ८७० रुपैयाँ, आशा लघुवित्त ७९३ रुपैयाँ, सम्पदा लघुवित्त ९४८ रुपैयाँ रहेको छ ।

यसमा बुझ्नु पर्ने एउटा तथ्य के छ भने नेपाल राष्ट्र बैंकले माइक्रो फाइनान्सलाई लाभांश वितरणमा क्याप लगाइदिएको छ । सबैको लाभांश दिने अनुपात लगभग १५ प्रतिशत हाराहारी नै छ । यसले गर्दा पनि माइक्रोफाइनान्सले आफ्नो रुप देखाउन पाएको छैन ।

अर्को तर्फ बजारमा १५ वटा जीवन र १४ निर्जीवन बीमा कम्पनी छन् । निर्जीवन बीमा कम्पनीको शेयर मूल्य हेर्यो भने जीवन तर्फ राष्ट्रिय बीमा संस्थानलाई छाडेर सबैलाईको शेयर मूल्य ६ सयदेखि ९ रुपैयाँको विचमा छ । जीवन तर्फ हेर्ने हो भने पनि न्युनतम ४३१ रुपैयाँदेखि ११२८ रुपैयाँसम्म छ ।

यि दुबै क्षेत्रलाई हेर्दा लघु बीमा कम्पनीको शेयर मूल्य यो भन्दा धेरै माथि हुने निश्चित छ । किनकी जीवन बीमाको चुक्ता पूँजी ५ अर्ब र निर्जीवनको साढे २ अर्ब छ । भोलिका दिनमा माइक्रो इन्स्योरेन्स कम्पनी पनि ठुला लगानीकर्ताको स्क्रिप्ट पर्न सक्छ । यस्तो अवस्थामा माइक्रो इन्स्योरेन्सको शेयर मूल्य कम्तिमा पनि एक हजार र अधिकतम २ हजारसम्म पुग्ने विश्लेषकहरु बताउछन् ।

लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसार कम्पनीको नेटवर्थ १००.३४ रुपैयाँ छ । यस आधारमा कम्पनीको पहिलो कारोबार न्युनतम १००.३४ देखि अधिकतम ३०१.२ रुपैयाँ तोकिनेछ । मानौ पहिलो कारोबार अधिकतम रेन्जबाटै सुरु भयो भने लगातार १० दिन सर्किट लाग्दा पनि ७८० रुपैयाँ पुग्नेछ । १५ दिन सर्किट लाग्यो भने १२५७ रुपैयाँ पुग्नेछ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया