सिटिजन बैंकको मोबाइल बैंकिङ एपबाटै ‘मेरो शेयर’ नखोली आईपीओ भर्न सकिने सुविधा, रियल टाइम होल्ड र भेरिफिकेसन
- BFIS News
- 2026 Mar 17 16:48
काठमाडौं। डिजिटल बैंकिङ सेवामा निरन्तर नवप्रवर्तन गर्दै आएको सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलो पटक आफ्नो मोबाइल बैंकिङ एपबाटै आईपीओ भर्न मिल्ने सुविधा सुरु गरेर ग्राहकलाई ठूलो सहजता प्रदान गरेको छ। अब ग्राहकले छुट्टै प्लेटफर्म खोल्नुपर्ने झन्झट बिना, बैंककै एपबाट सिधै आईपीओ आवेदन दिन सक्ने भएका छन्।
बैंककी डिम्याट तथा आश्वा विभाग प्रमुख रोजिना तिवारीका अनुसार, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले ‘मेरो शेयर’ एपमार्फत ‘माइ आश्वा’ प्रयोग गरेर आईपीओ भर्न मिल्ने व्यवस्था गरेको भए पनि सिटिजन बैंकले त्यसलाई आफ्नै मोबाइल बैंकिङ एपमा इन्टरलिङ्क गरी थप सहज बनाएको हो।
घरमै बसेर आईपीओ आवेदन
तिवारीका अनुसार ‘आश्वा सफ्टवेयर’ आईपीओ भर्दा ग्राहकलाई सहज बनाउनकै लागि विकास गरिएको प्रणाली हो। बैंकको मोबाइल बैंकिङ एपमा रहेको ‘माइ आश्वा’ फिचरमार्फत अब ग्राहकले घरमै बसेर, बैंक वा कार्यालय धाउनुपर्दैन।
“यदि ग्राहकसँग पहिल्यै सीआरएन नम्बर छ भने त्यो सिधै लिंक हुन्छ। नभए नयाँ सीआरएन लिनुपरे पनि रियल टाइममै दर्ता हुन्छ,” तिवारीले भनिन्। “यसले ग्राहकको समय बचत हुनुका साथै शाखासम्म जानुपर्ने आवश्यकता हटाएको छ।”
यसअघि आईपीओ भर्दा ‘मेरो शेयर’ प्रयोग गर्नुपर्ने, सीआरएन नम्बर र पासवर्ड सम्झनुपर्ने जस्ता झन्झट थिए। तर अब एकपटक डिम्याट खाता मोबाइल बैंकिङ एपमा लिंक गरिसकेपछि हरेक पटक आईपीओ भर्दा सीआरएन नम्बर राखिरहनु पर्दैन। सबै प्रक्रिया एउटै एपबाट सम्पन्न हुन्छ।
रिजेक्टको जोखिम घट्यो
तिवारीका अनुसार बैंककै एपबाट आवेदन दिन सकिने भएपछि आईपीओ रिजेक्ट हुने सम्भावना उल्लेख्य रूपमा घटेको छ। “आश्वा प्रणालीबाट आवेदन दिँदा कहिलेकाहीँ रिजेक्ट भएको थाहा पाउँदा आवेदन दिने म्याद नै सकिसकेको हुन्थ्यो,” उनले भनिन्। “तर अब बैंकको मोबाइल बैंकिङमा गएर हेर्दा नोटिफिकेसन देखिन्छ। रिजेक्ट भयो कि भेरिफाइ भयो भन्ने कुरा तत्कालै थाहा हुन्छ।”
मोबाइल बैंकिङ एपमै आईपीओ आवेदन होल्ड भएको छ कि रिजेक्ट भएको छ भन्ने जानकारी रियल टाइममा देखिन्छ। आवेदन गरेलगत्तै आवश्यक रकम स्वतः होल्ड हुन्छ र सोही समयमा रिपोर्ट प्राप्त हुन्छ।
यसअघि बिहान आवेदन दिँदा साँझ मात्रै प्रक्रिया पूरा हुने, बीचमा खाताबाट रकम झिकिँदा टाइम डिफरेन्सका कारण आवेदन रिजेक्ट हुने समस्या देखिन्थ्यो। तर आश्वा सफ्टवेयरको इन्टरलिङ्क प्रणालीले यस्तो समस्या हटाएको बैंकको दाबी छ।
अब आईपीओ आवेदन दिन, भेरिफिकेसन हेर्न वा रिजेक्ट भएको जानकारी लिन ‘मेरो शेयर’ खोल्न आवश्यक पर्दैन। यद्यपि पोर्टफोलियो हेर्नजस्ता अन्य विस्तृत विवरणका लागि भने ‘मेरो शेयर’ आवश्यक पर्ने तिवारी बताउँछिन्।
अलटमेन्ट भए/नभएको जानकारी पनि सोही मोबाइल बैंकिङ एपबाटै हेर्न सकिन्छ। “यदि आईपीओ अलट भएको छ भने ‘अलटेड’ भनेर देखिन्छ, नभए ‘नट अलटेड’ भनेर स्पष्ट जानकारी आउँछ,” उनले भनिन्। तिवारीका अनुसार बैंकको मोबाइल बैंकिङ एपबाट आईपीओ, एफपीओ तथा राइट सेयर लगायत जति पनि प्राथमिक शेयर छन् सबैमा सहज रुपमा आवेदन दिन सकिन्छ।
“हामीले अहिले सबैजना दैनिक कारोबारका लागि मोबाइल बैंकिङ प्रयोग गरिरहेका छौँ। त्यही एपबाट आईपीओ भर्न सकिने भएपछि ग्राहकलाई झन् फ्रेन्डली अनुभव मिलेको छ,” उनले भनिन्। डिजिटल वित्तीय सेवामा बढ्दो प्रतिस्पर्धाबीच सिटिजन बैंकको यो कदमले सेयर बजारमा लगानी गर्न चाहने सर्वसाधारणलाई प्रविधिमैत्री र सुरक्षित माध्यम उपलब्ध गराएको छ।
मोबाइल एपबाट कसरी दिने आइपिओ आवेदन?
बैंकले मोबाइल एप प्रयोगकर्तालाई सजिलो होस् भन्ने उद्देश्यले प्रक्रिया सरल बनाएको जनाएको छ। एपमार्फत आइपिओ आवेदन दिन ग्राहकले तलका चरणहरू पालना गर्नुपर्छ:
१. मोबाइल बैंकिङ एप लग इन गर्ने
सबैभन्दा पहिले सिटिजन बैंकको मोबाइल बैंकिङ एप खोलेर आफ्नो युजरनेम र पासवर्डमार्फत लग इन गर्नुपर्छ।
२. ‘IPO/ASBA’ मेनुमा जाने
ड्यासबोर्डमा रहेको My Asba सम्बन्धी विकल्पमा क्लिक गर्नुपर्छ।
३. डिम्याट नम्बर रिजिष्ट्रर गर्ने
ड्यासबोर्ड खुलिसके पछि ग्राहकहरुले आफ्नो डिम्याट नम्बर इन्ट्रि गर्नु पर्छ।
३. CRN दर्ता (पहिलो पटक भएमा)
यदि ग्राहकसँग CRN नम्बर छैन भने, एपमै आवश्यक विवरण भरेर आवेदन दिन सकिन्छ। विशेष कुरा के भने CRN आवेदन दिएपछि पुरै दिन कुर्नुपर्ने अवस्था हुदैन। आवेदन दिएको दुई तीन मिनेटभित्रै CRN नम्बर प्राप्त हुन्छ र सोही क्षणबाट प्रयोग गर्न मिल्छ।
४. खुला इश्यू चयन गर्ने
हाल खुला रहेका IPO, FPO, डिबेन्चर, बण्ड वा म्युचुअल फण्डमध्ये आफूले आवेदन दिन चाहेको इश्यू छान्नुपर्छ।
५. आवेदन विवरण भर्ने
आवेदन गर्न चाहेको कित्ता संख्या उल्लेख गरी सबमिट गर्नुपर्छ। ASBA प्रणाली स्वतः जडान भएकाले रकम बैंक खाताबाट होल्ड हुन्छ।
६. आवेदन स्थिति जाँच गर्ने
आवेदन सबमिट गरेपछि केही मिनेटमै एपमै ‘Verified’, ‘Rejected’ वा ‘Hold’ स्थिति देखिन्छ। धेरै क्यू भएमा अलिकति समय लाग्न सक्छ, अन्यथा छिट्टै अवस्था थाहा पाइन्छ।
यसरी ग्राहकले अर्को कुनै एप खोल्नुपर्ने, CRN नम्बर छुट्टै सम्झिराख्नुपर्ने वा बैंक धाउनुपर्ने झन्झट हटेको बैंकको छ। मेरो शेयरको आश्वा प्रणालीबाट आवेदन दिदा बैंकहरुले व्यालेन्स भेरिफाइ गर्न धेरै दिन लगाइदिदा रिजेक्टको सम्भावना हुन्थ्यो। यहि कमजोरीलाई निराकरण गर्दै बैंकले आफ्ना ग्राहकहरुले दिएको आवेदन रिजेक्ट नहोस् भन्ने उद्देश्यका साथ यो एपको विकास गरेको हो। जुन आज एकदमै प्रभावकारी बनेको छ। यहि प्रणालीको विकास गरेकै कारण बैंकले यस वर्ष इन्टरनेशनल बैंकिङ अवार्ड 'बैंक अफ दि ईयर २०२५' जित्न सफल भएको हो।
भविष्यमा थप सुविधा
हाल आवेदनको स्थिति एपमै हेर्न मिल्ने व्यवस्था भए पनि, रिजेक्ट भएका ग्राहकलाई तुरुन्त नोटिफिकेसन पठाउने सुविधा थप गर्ने तयारीमा बैंक रहेको छ। यसो हुँदा व्यालेन्स अभाव वा अन्य कारणले आवेदन अस्वीकृत भएमा ग्राहकले तुरुन्त जानकारी पाउने र आवश्यक सुधार गरी पुनः आवेदन दिन सक्नेछन्। सिटिजन बैंकको मोबाइल बैंकिङ एपमा उपलब्ध यो सेवाले प्राथमिक बजारका सबै सार्वजनिक निष्काशन IPO, FPO, डिबेन्चर, बण्ड तथा म्युचुअल फण्ड लगायत सबैमा आवेदन दिन सजिलो बनाएको छ। बैंकका अनुसार डिजिटल टिम, सफ्टवेयर भेन्डर तथा CDSC सँगको सहकार्यमा विकास गरिएको यो रियल टाइम प्रणालीले ग्राहकलाई सरल, छिटो र भरपर्दो सेवा प्रदान गरिरहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया