Nepal Life

बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यकः अर्थमन्त्री पौडेल

National Life
  • BFIS News
  • 2025 Jan Thu 16:21
बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यकः अर्थमन्त्री पौडेल
RBB

काठमाडौं, पुस २५ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक रहेको बताए छ ।

NIMB

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्युन आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बिमा सेवाको पहुँच पुर्‍याउन बीमा साक्षरता अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बिमाको पहुँच विस्तार र सेवाको प्रभावकारिता बढाउन उद्धत रहेको उल्लेख गरे । उनले जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशिल रहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले स्वास्थ्य बीमा, लघु बीमा, कृषि बीमा, सहुसलयतपूर्ण कर्जाको बीमा विस्तार नियमनकारी निकायको नियामकीय क्षमतामा विकास, सरल र शिघ्र दाबी भुक्तानी प्रणालीको तीव्र विस्तार, बीमा जालसाझी नियन्त्रण जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताए ।

‘‘बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्यून आय भएका वर्गलगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पुर्‍याउन बीमा साक्षरता अभियानलाई तीव्र बनाउनु आवश्यक छ । सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बीमाको पहुँच विस्तार र सेवाको प्रभावकारिता बढाउन चाहन्छ ।,’’ उनले भने, ‘‘जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा निरन्तर क्रियाशिल हुन चाहन्छ । बीमालाई सामाजिक सुरक्षासँग आवद्ध गर्नेगरी नीतिगत प्रवन्ध गरिनुको पनि तात्पर्य यही हो ।’’

उनले बिमकहरुको जोखिम न्यूनीकरणका लागि जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्ने, बीमा क्षेत्रको नियमन सबल, प्रभावकारी र व्यवसायिक बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, पुनर्बिमाको संस्थागत क्षमता वृद्धि गर्ने, बीमकको लगानी गरेको रकमलाई सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानीका लागि वतावरण तयार गर्ने जस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको प्रवर्द्धन र विकासका निम्ति सरकारले निरन्तर प्रयास गरिरहेको बताए । उनले सबै कार्यक्रममा मन्त्रीलाई बोलाउनुपर्छ भन्ने मान्यताबाट बाहिर निस्किन आग्रह गरे ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया