Nepal Life

नेशनल लाइफमा चार वर्षदेखि सर्वाधिक व्यवसाय भित्र्याउने बिमल न्यौपाने, 'बीमा क्षेत्रबाट विश्व रेकर्ड बनाउने योजना'

National Life
  • BFIS News
  • 2025 Jan Sat 13:14
नेशनल लाइफमा चार वर्षदेखि सर्वाधिक व्यवसाय भित्र्याउने बिमल न्यौपाने, 'बीमा क्षेत्रबाट विश्व रेकर्ड बनाउने योजना'
RBB

काठमाडौं । मानव जीवनमा हामी हरेक पलपलमा सफलता खोजिरहेका हुन्छौ । तर सबै जनाले सफलता हासिल गर्न सक्दैनौ । जसले निरन्तरता, धैर्यता, विनम्रता, आत्मविश्वास, सकारात्मक सोच, शान्त, राम्रो बाणी र आत्ममूल्याङ्कन गर्न सक्नछन् उनिहरुले नै सफलता हासिल गर्न सक्छन् ।

NIMB

त्यसमा पनि जीवन बीमा व्यवसायमा सफलता हासिल गर्नु, विश्वमै सबैभन्दा कठिन मानिन्छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ व्यवसाय प्रवन्धक बिमल न्यौपानेले जुन दिनदेखि जीवन बीमा अभिकर्ता पेशालाई आत्मसाथ गरेर अगाडी बढे, त्यस दिनदेखि कहिल्यै पनि पछाडी फर्केर हेर्नु परेको छैन ।

जीवनमा सफलता हासिल गर्न उनि बैदेशिक रोजगारीदेखि व्यापार व्यवसाय धेरै तिर भौतारिए, तर उनलाई सन्तुष्टि प्राप्त हुन सकेन । मुल घर स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा ५ बास्टारीका न्यौपाने हाल बुटवलमा बस्दै आएका छन् । स्नातक तहसम्मको अध्ययन गरेका उनले जीवनमा धेरै वटा काम गरे । केहि समय बुबाले सञ्चालन गर्दै आउनु भएको ग्यारेजमा मेकानिक्सको रुपमा काम गरे । त्यस पछि उनि ५ वर्ष वैदेशिक रोजगारमा विताए । विदेशबाट फर्किए पछि कपडा व्यवसाय सुरु गरे ।

बुबाको पारिवारिक ग्यारेज, वैदेशिक रोजगार र कपडा व्यवसायबाट उनले खासै सन्तुष्टी पाउन सकिरहेका थिएनन् । कपडा व्यवसायकै क्रममा उनलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका राज चौधरीले बीमाको लागि प्रस्ताव गरे । त्यस पछि उनलाई बीमा प्रति चासो लाग्यो । उनको चासो देखेर चौधरीले धेरै पटक फलोअप गर्न थाले । तर उनि सँगै तत्कालिन समयमा बीमा गर्ने पैसा थिएन । यस पछि चौधरीले न्यौपानेलाई बीमा अभिकर्ता बनेर आम्दानी गर्दै सोहि पैसाबाट बीमा शुल्क भुक्तानी गर्न सुझाए । उनलाई सुझाव मन पर्यो । नभन्दै उनले २०७२ सालमा नेशनल लाइफबाट अभिकर्ताको लाइसेन्स लिएर पहिलो बीमा आफ्नै गरेर सुरुवात गरे ।

यस सँगै उनको बीमा गर्ने र गराउने दुबै इच्छा पुरा भयो । क्रमिक रुपमा उनले नजिकका आफन्तको बीमा गराउन सुरु गरे । २०७२ साल माघदेखि अभिकर्ता भएर काम सुरु गरेका न्यौपाने पहिलो वर्षमै 'चेयर पर्सन क्लब'मा पर्न सफल भए ।

उनि बीमा अभिकर्ता पेशामा यतिसम्म दत्तचित भएर लागे परे, जसले गर्दा दोस्रो वर्षमै नेशनल लाइफबाट सर्वाधिक धेरै बीमा व्यवसाय भित्र्याउने टप १० अभिकर्ता भित्र पर्न सफल भए । ५ वर्ष अगाडी नेशनल लाइफबाट सर्वाधिक धेरै बीमा व्यवसाय भित्र्याउने दोस्रो नम्बमा पर्न सफल भए । त्यस पछिका लगातार चारवर्षदेखि उनि सर्वाधिक धेरै बीमा व्यवसाय भित्र्याउदै नेपाल टप हुँदै आएका छन् । उनि ८ वर्ष अगाडी नेशनल लाइफको टप टेनमा पर्दा नेशनल लाइफमा एमडिआरटीमा सहभागिता जनाउने ट्रेण्डको सुरुवात भएको थिएन । जवदेखि कम्पनीले एमडिआरटीलाई मान्यता दिन सुरु गर्यो त्यस पछि लगातार एमडिआरटी बन्दै छन् । यस अवधिमा तीन पटक सिओटी बन्न सफल भइसकेका छन् भने सन् २०२५ का लागि टिओटी बन्न सफल भए ।

एमडिआरटी बन्नका लागि आर्जन गर्नु पर्ने बीमा शुल्कको तीन गुणा आर्जन गरेमा सिओटी र सिओटीको दुई गुणा बीमा शुल्क आर्जन गरेमा टिओटी बन्न सकिने व्यवस्था छ । यसरी एमडिआरटीको ६ गुणा बढि बीमा शुल्क आर्जन गर्दै उनि टिओटी बन्न सफल भएका हुन् ।

उनले टिओटी बन्दा एक सय भन्दा धेरैको बीमा गराए । उनि सबै पेशा व्यवसाय छाडेर आफ्नो पुर्ण समय बीमा अभिकर्तामै विताउछन् । उनि भन्छन् 'आफ्नो सत प्रतिशत समय अभिकर्तामै दिए पछि धेरै ज्ञान, अनुभव हासिल हुँदो रहेछ ।' उनले थपे, त्यसमा पनि बीमा अभिकर्ताले बीमितलाई गर्ने फलोअपको कुनै सिमाना हुँदैन । जति धेरै बीमितलाई फलोअप गर्न सकियो त्यति नै यस क्षेत्रमा सफलता हासिल गर्न सकिने न्यौपाने बताउछन् ।

उनि भन्छन् 'मानिसको मानसिकता बुझेर उनिहरुको आवश्यकतालाई विश्लेषण गर्दै बीमाको लागि सुझाउनु पर्छ ।' उनि मुख्यगरी व्यापार व्यवसायमा संलग्न भएका व्यक्तिहरुलाई बढि केन्द्रित गर्छन् । जसको बीमा गर्न सक्ने क्षमता हुन्छ तर बीमाको विषयमा कन्फिडेन्स भने हुँदैन । त्यसैले यस्ता वर्गहरुलाई बीमा गराउन र बुझाउन सजिलो हुने उनको अनुभव छ ।

बीमा अभिकर्ताको सुरुवाति दिनमा उनलाई बीमा गराउन धेरै गाह्रो पर्यौ । धेरै पटक फलोअप गर्नु पर्ने, धाउनु पर्ने अवस्था थियो । तर अहिले उनका लगभगत ४०/५० प्रतिशत डिलहरु सफल हुन्छन् । बीमाको प्रस्ताव गर्ने वित्तीकै बीमा हुँदैन । त्यसैले बीमा गराउने धैर्यता एकदमै धेरै हुनु पर्ने उनि बताउछन् ।

कतिपय अवस्थामा एउटै व्यक्तिहरुलाई पनि धेरै पटक धाएको उनका अनुभव छन् । उनको अनुभवमा नयाँ ग्राहकहरुलाई कम्तिमा पनि ५ पटक फलोअप गर्नु पर्छ । तर एकपटक बीमा गराइसकेका ग्राहकहरुको हकमा भने यति धेरै फलोअप गर्नु पर्दैन ।

उनि हरेक दिन नयाँ बीमितकै खोजिमा हुन्छन् । पुराना बीमितलाई पनि फलोअप गर्नुका साथै आवश्यक परामर्श, सल्लाह, सुझाव समेत दिइरहेका हुन्छन् । यसले गर्दा पुराना बीमित मार्फत पनि नयाँ नयाँ पोलिसी जारी भइरहेको हुन्छ ।

उनले बुटवलमा आफ्नै एजेन्सी कार्यालय सञ्चालन गर्दै आइरहेका छन् । उनको आकर्षक कार्यालयमा दक्ष कर्मचारीहरुको पनि व्यवस्था गरिएको छ । कम्पनीले एजेन्सी कार्यालय सञ्चालन गरिदिदा पुराना ग्राहकहरुको सर्भिसमा निकै सजिलो भएको उनले बताए । यसले गर्दा नयाँ बीमित खोज्न निकै सजिलो हुने गरेको छ ।

विशेष कुराकानी तथा छलफल बाहेकको समयमा जुनसुकै बेलामा र सामान्यतया विहान ९ बजेदेखि साझँ ७ बजेसम्म बजारमै रहन्छन् । सधै बीमाकै लागि भन्दा पनि चिनजान, जनसम्पर्क, नियमित छलफल लगायतका लागि पनि उनि समय खर्चिन्छन् ।

नियमित काम भन्दा पनि उनि सदैव चाख दिएर यस पेशामा सक्रिय हुन्छन् । यसमा अन्य पेशा जस्तो प्रभाव र दवावमा काम गर्नु नपर्ने भएकाले उनि निकै सन्तुष्ट पनि छन् । बीमा गराउदा प्रत्यक्ष रुपमा भेटेर बुझाएर अगाडी बढ्दा सबैभन्दा धेरै प्रभावकारी हुने भएकाले उनि विभिन्न माध्यम मार्फत बीमित समक्ष पुग्ने प्रयास गरिरहेका हुन्छन् । उनि सामान्य मानिसहरुदेखि व्यापारी व्यवसायीहरु समक्ष पनि बीमाका लागि भेटिरहन्छन् ।

उनको अनुभवमा व्यापार व्यवसाय गरिरहेकाहरुले बीमालाई सबैभन्दा धेरै उपयोग गरिरहेका हुन्छन् । बीमा गर्दा फोर्स सेभिङ जस्तो पनि देखिने र यसबाट अवसकास जीवनको पनि तयारी हुने गर्छ । त्यसमा पनि नेशनल लाइफले सबै वर्ग र समुहलाई लक्षित गर्दै तयार पारेका पोलिसीले सबैभन्दा धेरै मद्दत पुर्याएको उनि बताउछन् ।

बीमा मार्फत बालबच्चाको अध्ययनदेखि लिएर भैपरी आउने खर्चको व्यवस्थापन गर्न पनि बीमा उपयुक्त माध्यम बन्ने हुँदा बीमा सबैका लागि अपरिहार्य रहेको उनको अनुभव छ । यस क्रममा बीमितको मन बझ्नु पर्ने र उनिहरुको मनले जे भन्छ त्यहि पोलिसी दिन सक्नु पर्ने उनि बताउछन् ।

उनि जुन दिनदेखि बीमा क्षेत्रमा आए त्यस पछि कहिल्यै पनि पछाडी फर्केर हेर्नु परेको छैन । यस क्षेत्रमा लागेको ९ वर्षको अवधिमा उनको व्यक्तित्वमा निकै विकास भइसकेको छ । बीमा गराउदा राम्रो आम्दानी हुने भएकाले आर्थिक हिसावले उनको जीवनमा धेरै परिवर्तन ल्याइदिएको छ ।

यस क्षेत्रमा लाग्दै गर्दा उनले सामाजिक संघ संस्थामा संलग्न हुने अवसर पनि प्राप्त गरेका छन् । बीमामै लागेर रुपन्देहीमा उनलाई धेरै व्यक्तिहरुहरुले चिन्ने अवस्था बनेको छ । उनि लाइन्स क्लब अफ मनिमुकुन्द युथको अध्यक्ष छन् । न्यौपाने पेशागत बीमा अभिकर्ता संघ नेपालको निर्वाचित उपाध्यक्ष हुन् ।

परिवारमा बुबा, आमा, तीन जना दाजु भाइ, श्रीमती र दुई छोराहरु रहेका छन् । उनि सँगै श्रीमतिको पनि राम्रो साथ सहयोग रहदै आएको छ । श्रीमती पनि नेशनल लाइफबाट सञ्जालको तर्फबाट सबैभन्दा धेरै बीमा व्यवसाय भित्र्याउने नेपाल पाचौ हुन सफल भएकी छिन् ।

यस यात्रामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सदैव साथ सहयोग गर्दै आइरहेको उनि बताउछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उनलाई सदैव हौसला प्रदान गर्ने गरेका छन् । कम्पनीले बीमितहरुलाई सर्वाधिक धेरै बोनसदर दिदै गर्दा जीवन बीमा क्षेत्रमा नेशनल लाइफको तर्फबाट बीमा गर्न पाउद उनि एकदमै सन्तुष्ट छन् । 

बीमा मार्फत आफुलाई विश्वमा चिनाउने अठोट

३७ वर्षकै उमेरमै उनले जीवन बीमा क्षेत्रमा जति पनि उपलब्धी हासिल गरेका छन् अहिलेसम्मका लागि यो सर्वोत्कृष्ट हो । उनि यस वर्ष नेपालबाट ६ जना टिओटी भित्र पर्न सफल भए । बीमा क्षेत्रका लागि यो सबैभन्दा ठुलो उपलब्धी हो । बीमा क्षेत्रका लागि यो सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय उपाधी हो ।

न्यपानेले सफलताको यो यात्रालाई अझै उचाइमा पुर्याउने सोच बनाइरहेका छन् । यस भन्दा पनि माथि गएर आफुलाई चिनाउने लक्ष्य लिएका छन् । उनि भन्छन् 'म यहि पेशाबाट आफुलाई विश्व समुदायमा चिनाउने तथा परिचित गराउने लक्ष्य लिएर हिडिरहेको छु ।' उनले थपे, 'नेपालको तर्फबाट बीमा क्षेत्रमा आफुलाई चिनाउने गरि आवश्यक गृहकार्य गरिरहेको छु । नतिजा आउन केहि समय लाग्ने भएकाले यसको खुलासा केहि समय पछि गर्ने छु ।'

जीवन बीमा व्यवसायका मोडालिटीमै परिवर्तन ल्याउने गरि काम गर्न चाहन्छन् । ९ वर्षको दौरानमा उनले बीमा क्षेत्रबाट मान, सम्मान, इज्जत पैसा सबै कमाए । अव उनि आफु जस्तै अन्य युवाहरुलाई पनि अगाडी बढाउन खोज्दै छन् । अहिलेसम्म आफ्नो व्यक्तित्वमा केन्द्रित रहेका न्यौपानेले आगामी दिनमा अन्य युवाहरुको नेतृत्व विकासमा ध्यान दिने सोच बनाएका छन् ।

उनि यस वर्ष टिओटीको सम्मेलनमा भाग लिन अमेरिका जाने सोचमा छन् । उनको जीवनमा नेशनल लाइफ बरदान बन्न पुगेको छ । कम्पनीका हरेक टार्गेटहरु पुरा गर्दै उनि सिङ्गापुर, दुबई, थाइल्याण्ड, भारतदेखि लिएर स्वदेशका अधिकाम्स क्षेत्रमा पुगिसकेका छन् । उनले आगामी दिनमा आफ्नो सम्पुर्ण जीवन बीमा क्षेत्रमै विताउने अठोट लिएका छन् । यस क्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै बीमा मार्फत आफुलाई उदाहरणका रुपमा स्थापित गर्ने उनको दृढ इच्छाशक्ति रहेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया