सिटिजन लाइफमा बीमा गर्नेले २.४ गुणासम्म बोनस पाउने, सिटिजन सारथी र शुभारम्भमा यसरी पाउन सकिन्छ सबैभन्दा धेरै लाभ
- BFIS News
- 2025 Jan Tue 15:53
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमितलाई बीमाङ्कको २.४ गुणासम्म प्रतिफल दिने भएको छ । सिटिजन जीवन सारथी योजना र सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेख खरिद गर्ने बीमितले अधिकतम प्रतिहजार ८० रुपैयाँ र प्रतिहजार ७५ रुपैयाँसम्म पाउने भएका छन् ।
यदि कुनै पनि बीमितले यो बीमालेख ३० वर्ष अवधिका लागि खरिद गरेको छ भने उसले बीमाङ्क सहित २.४ गुणा बोनस पाउने छन् । बीमाबाट जोखिम र प्रतिफल दुबै पाउने हो भने बीमा अवधि धेरै राख्दा फाइदा हुने कम्पनीले सार्वजनिक गरेको बोनसदरबाट प्रमाणित हुन् ।
यस्तो छ बोनसदर गणना विधि
बोनस दर गणना गर्दा सामान्यतया प्रतिवर्ष प्रतिहजार बीमाङ्क उल्लेख गरिन्छ । जस्तै, ८० रुपैयाँ प्रतिवर्ष प्रतिहजार भन्नाले १० लाख बीमाङ्कमा ८० रुपैयाँले गुणान गरी र त्यसलाई एक हजारले भाग गर्दा हुन आउने ८० हजार रुपैयाँ प्रत्येक वर्षका दरले थप रकम प्राप्त हुन्छ । यसलाई विस्तारित रुपमा उदाहरण सहित यसरी बुझ्न सकिन्छ ।
मानौ, कुनै व्यक्तिले सिटिजन लाइफमा १० लाख रुपैयाँको सिटिजन जीवन सारथीयोजना खरिद गरेको रहेछ, जसको बीमा अवधि ३० वर्ष रहेछ र बीमा कम्पनीले ३० वर्षसम्म एकनास बोनसदर ८० रुपैयाँ प्रतिवर्ष प्रतिहजार घोषणा गर्दै गयो भने बीमा अवधि पश्चात बीमितले निम्नानुसार रकम प्राप्त गर्दछ ।
नोटः उदाहरणमा देखाइएको अंक केवल उदाहरण मात्रै हो । तपाईले पनि आफ्नो बीमाङ्क, अवधि र घोषित बोनसदर राखेर हेर्न सक्नु हुन्छ । बोनसदर हरेक वर्ष परिवर्तन हुने भएकाले म्याचुरिटी हुँदा पाउने रकममा केहि तलमाथि हुन जान्छ । यद्यपी औषतमा कति पाउन सकिएला भनेर अहिले नै मूल्याङ्कन गर्न भने सकिन्छ । त्यसैले यहाँ उदाहरण सहित बीमितले पाउन सक्ने सम्भावित रकमलाई देखाउन खोजिएको हो ।
सिटिजन लाइफले आर्थिक वर्ष २०८०/८१ मा घोषणा गरेको बोनसदर अनुसार बीमितले पाउन सक्ने प्रतिफल
अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेख
यो बीमालेख खरिद गर्ने बीमितले न्युनतम प्रतिहजार ४४ रुपैयाँ र अधिकतम ५५ रुपैयाँसम्म पाउने छन् । जसले १० देखि १४ वर्ष अवधिको बीमालेख खरिद गरेका छन् उनिहरुले प्रतिहजार ४४ रुपैयाँ पाउने छन् । यहि बीमितले १० वर्ष अवधि राखेर रु. १० लाख रुपैयाँको बीमा गरेको छ भने उसले यस बीमालेखबाट ४ लाख ४० हजार बोनस र १० लाख बीमाङ्क सहित रु १४ लाख ४० हजार रुपैयाँ पाउन सक्नेछ । त्यस्तै कसैले यहि बीमालेख २४ वर्ष अवधि राखेर १० लाखकै बीमा गरेको छ भने १३ लाख २० हजार बोनस र १० लाख बीमाङ्क सहित कुल २३ लाख २० हजार पाउने छन् ।
वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेख
यस्तो पोलिसीबाट भने बीमितहरुले खासै प्रतिफल पाउन सक्दैनन् । कम्पनीले हरेक वर्ष बीमितलाई बोनस दिदै जाने भएकाले अन्य सावधिक जीवन बीमामा जस्तो एकमुष्ठ रुपमा ठुलो रकम पाउन सकिदैन । यसका आफ्नै विशेषता छन् । जसका लागि जोखिम कभरेज गर्नु छ र आयश्रोत पनि तुलनात्मक रुपमा कम छ भने यस्तो पोलिसी उपयुक्त हुन्छ । व्यापारी व्यवसायी तथा ठुलो जोखिम लिनेहरुका लागि यो पोलिसी उपयुक्त हुन्छ । यसमा पनि कम्पनीले न्युनतम प्रतिहजार २५ रुपैयाँदेखि २८ रुपैयाँसम्म दिनेभएको छ । कतिपय कम्पनीले यस्ता पोलिसी नै बिक्री नगर्ने भएकाले कम बोनसदर देखिने गरेको छैन ।
सिटिजन शुभारम्भ योजना
सिटिजन लाइफमा यो सबैभन्दा धेरै बिक्री हुने पोलिसी पर्छ । झण्डै ७९ हजारले यो पोलिसी खरिद गरेका छन् । यदि कसैले ९ वर्ष अवधिको पोलिसी खरिद गरेको छ भने उसले १० लाखको बीमा गर्दा तीन लाख १५ हजार बोनस सहित १३ लाख १५ हजार कुल रकम पाउने छन् । यदि यहि पोलिसी १४ वर्षको छ भने १५ लाख ४६ हजार, १९ वर्षको छ भने १७ लाख ७९ हजार र ३० वर्षको छ भने ३२ लाख ५० हजार रुपैयाँ पाउने छ ।
सिटिजन बाल भविष्य योजना
बालबालिकाहरुका लागि जारी गरिएको पोलिसीमा पनि न्युनतम ४० रुपैयाँदेखि ६७ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । यसमा पनि माथिको उदारहण जस्तै कसैले १० लाख रुपैयाँको बीमाङ्क राखेर ९ वर्षको पोलिसी लियो भने उसले १३ लाख १५ हजार एकमुष्ठ पाउने छन् । यो पोलिसी १५ देखि १९ वर्ष अवधिको सबैभन्दा धेरै बिक्री भएको छ । यदि १५ वर्ष अवधिको छ भने १० लाखको १७ लाख रुपैयाँ एकमुष्ठ प्राप्त हुनेछ ।
सिटिजन जीवन सारथी योजना
यो बीमालेख खरिद गर्ने बीमितले सबैभन्दा धेरै बोनस पाउने कम्पनीले जनाएको छ । यदि कसैले ३० वर्ष अवधि राखेर यो पोलिसी बिक्री खरिद गर्यो भने रु १० लाखको ३४ लाख पुग्नेछ । मात्र के हो भने ३० वर्षसम्म नियमित रुपमा बीमा शुल्क भुक्तानी गर्दै जानु पर्छ । यहि पोलिसी १५ वर्ष अवधिको गर्दा १६ लाख १५ हजार प्राप्त हुन्छ ।
जीवन बीमा गर्दा सबैभन्दा पहिला कम्पनीले विगतका वर्षमा दिएको बोनसदरलाई हेर्नु पर्छ । साथै कम अवधिको बीमा गर्दा प्रतिफल पनि कम पाइनुका साथै रक्षावरण हुने अवधि पनि छोटो हुन्छ । त्यसैले बीमा गर्दा लामो अवधिको बीमा गर्दा प्रतिफल पनि धेरै पाइन्छ भने जोखिम बहन अवधि पनि धेरै अवधिको हुन्छ । माथिको उदाहरणमा पनि २० वर्ष भन्दा लामो अवधिको बीमा गर्नेले कम्तिमा दुई गुणा बढि प्रतिफल पाउने देखिन्छ । साथै १० वर्षको मात्रै बीमा गर्नेले दोब्बर पाउन सकिन्छ भन्नु हुँदैन ।
प्रतिक्रिया