Nepal Life

यि ५० कम्पनी जसको शेयर मूल्य एक वर्ष यताकै सर्वाधिक कम, हेर्नुहोस् कुन कम्पनीको कति ?

National Life
  • BFIS News
  • 2025 Jan Tue 17:20
यि ५० कम्पनी जसको शेयर मूल्य एक वर्ष यताकै सर्वाधिक कम, हेर्नुहोस् कुन कम्पनीको कति ?
RBB

काठमाडौं । शेयर बजार साइडवेज मुभमेन्ट चलिरहदा कतिपय कम्पनीको शेयर मूल्य भने एक वर्ष यताकै सर्वाधिक कम देखिन थालेको छ । यसमा केहि यस्ता स्टक छन् जुन नेप्से सूचक ३ हजार पुग्दा एकदमै धेरै रोजाइमा परेका थिए ।

NIMB

बजार २४५० देखि २७ सयको विचमा घिमिरहदा केहि कम्पनीहरुलाई भने नराम्रै धक्का लागेको छ । अहिले उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरु यसको सिकार भइरहेका छन् । यस पटक माइक्रोफाइनान्स, फाइनान्स, हाइड्रोपावर चलिरहेका छन् । त्यसमा पनि लोक क्यापका कम्पनी धेरै छन् ।

एक वर्षमा कुन कम्पनीको शेयर मूल्य कति घट्यो ?

एक वर्षको अवधिमा बोटलर्स नेपाल (तराइ)को शेयर मूल्य १७ हजार ८९९ रुपैयाँ पुगेर १३ हजार २०० रुपैयाँमा झरेको छ । यस पटक चन्द्रागिरीका शेयरधनी पनि नराम्रो सँग फसेका छन् । कम्पनीको शेयर मूल्य अधिकतम १३२० रुपैयाँ पुगेर ८८३ रुपैयाँमा झरेको छ । नागरिक लगानीकोषको शेयर मूल्य पनि २६२९ रुपैयाँबाट २ हजार रुपैयाँमा झरेको छ ।

हिमालयन डिष्ट्रिलरीको शेयर मूल्य पनि यस वर्ष अधिकतम १७७९ रुपैयाँबाट झरेर ११५६ रुपैयाँमा कारोबार भइरहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई हेर्ने हो भने २४४४ पुगेर १११० रुपैयाँमा कारोबार भइरहेको छ । यसमा कम्पनीहरुले हकप्रद शेयर प्राप्त गरेका छन् ।

यस अवधिमा शिभव सिमेन्टका शेयरधनीहरु पनि नोक्सानमा देखिएका छन् । अधिकतम ७४५ रुपैयाँसम्म पुगेकोमा अहिले ५२३ रुपैयाँमा झरेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया