Nepal Life

गार्डियन माइक्रो लाइफको वैदेशिक रोजगार तर्फ १३ हजार भन्दा धरैको आवेदन रद्द, बाँडफाँड अर्को साता मात्रै

National Life
  • BFIS News
  • 2025 Jan Wed 17:40
गार्डियन माइक्रो लाइफको वैदेशिक रोजगार तर्फ १३ हजार भन्दा धरैको आवेदन रद्द, बाँडफाँड अर्को साता मात्रै
RBB

काठमाडौं, माघ २ गते । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा वैदेशिक रोजगारमा गएका नेपालीहरुले दिएको आवेदनमा झण्ड १३ हजारको आवेदन रद्द भएको छ । धितोपत्र निष्काशन तथा बिक्रि प्रवन्धक कुमारी क्यापिटलका अनुसार वैदेशिक रोजगारमा गएका नेपालीहरु मध्ये ५० हजार भन्दा धेरैको आवेदन परेकोमा ३७ हजार २१९ जनाको मात्रै आवेदन सदर भएको छ । 

NIMB

वैदेशिक रोजगारमा गएका नेपालीहरुले आवेदन दिदा रेमिटेन्स खाता प्रयोग गर्नु पर्नेमा धेरै जसोले अन्य सामान्य खाताको सिआरएन प्रयोग गर्दा आवेदन रद्द हुन पुगेको हो । वैदेशिक रोजगारमा गएका नेपालीहरुले छुट्टै रेमिट खाता प्रयोग गर्नु पर्छ । साथै सोही खाताको सिरआरएन प्रयोग गर्नु पर्छ । 

आवेदन सदर भएकाहरु मध्ये पनि जम्मा २२ हजार ५०० जनाले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । अर्थात आवेदन दिने जति सबैले शेयर पाउन नसकेका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओमा पनि आवेदक भेरिफाइ गर्न ढिलाइ हुँदा यस साता बाँडफाँड गर्न नसकिएको कुमारी क्यापिटलले जनाएको छ । 

आइपिओमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । क्यापिटिलले गोलाप्रथाबाट आइपीओ बाँडफाँट गर्नेछ । यसमा १९ लाख ६ हजार ८४८ जनाले कुल २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख २२ हजार ३४८ जनाको भने हात खाली हुनेछ । 

कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको थियो । 

रेटिङ एजेन्सी केयर नेपालले कम्पनीको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ साउन २३ गते उक्त रेटिङ दिएको थियो । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार