Nepal Life

तारकेश्वर नगरपालिकाले आपत्कालिन उद्दारका सुरु गर्यो मोबाइल एप, विपतको क्षतीलाई न्यूनिकरण गर्ने मेयर महर्जनको प्रयास

National Life
  • BFIS News
  • 2025 Jan Wed 18:42
तारकेश्वर नगरपालिकाले आपत्कालिन उद्दारका सुरु गर्यो मोबाइल एप, विपतको क्षतीलाई न्यूनिकरण गर्ने मेयर महर्जनको प्रयास
RBB

काठमाडौं । तारकेश्वर नगरपालिकाले आपत्कालिन उद्दारको लागि निःशुल्क 'मोबाइल एप'को सुरुवात गरेको छ । नगरपालिकाले नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालले विकास गरेको अत्याधुनिक हार्डवेयर प्रणाली 'Emergency Response Console'मा आधारित भइ 'कता हो' नामक मोबाइल एप निर्माण गरेको हो ।

NIMB

यस मोबाइल एप मार्फत नगरपालिका क्षेत्र भित्र बसोबार गर्ने बासिन्दाहरुले कुनै विपद परेमा सहायताका लागि सूचना दिन सक्ने छन् । नगरपालिकाले एपमा आएको सूचना मार्फत स्थापन पहिचान गरि आपत्कालिन उद्धार टोली पठाउनेछ । यसरी एप प्रयोग गर्दा नगरबासीले कुनै पनि शुक्क भुक्तानी गर्नु नपर्ने नगरप्रमुख कृष्णहरी महर्जनले बताए ।

मोबाइल एप तथा इआरसीको उद्घाटन समारोहलाई संबोधन गर्दै नगर प्रमुख महर्जनले राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा यो उपकरणको सुरुवात गरिएको बताए । उनले भने 'विपतको समयमा हुनसक्ने क्षतीलाई न्यूतिकरण गर्नको लागि यसको भूमिका महत्वपुर्ण रहेको छ । आपतकालिन अवस्थामा मात्रै नभएर नगरपालिका भित्र रहेका विभिन्न सेवा सुविधाहरुलाई समयत यसको प्रयोगले चुस्त दुरुस्त बनाउन सक्ने देखिएको हुँदा सेवा प्रवाहमा समेत यसले सकारात्मक प्रभाव पार्नेछ ।'

पालिका भित्रका कुनै नागरिकले एक्लै परेर सहयोगको आवश्यकता पर्दा यस 'कताहो एप' र 'इआरसी' मार्फत नगरपालिकामा तुरुन्तै सूचना प्राप्त हुने तथा सहयोगको लागि तारकेश्वर नगरपालिका सदैव प्रयत्नसिल रहने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा वडा अध्यक्षहरु, नगरपालिका सदस्यहरु, नगर प्रहरी लगायतको उपस्थिति थियो । नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान र विकास गर्दै आएका अनुसन्धानकर्ता राम लक्ष्मण रिमालले हार्डवेयर तथा एपको बारेमा अभिमुखिकरण तालिम समेत प्रदान गरेका थिए ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार