Nepal Life

शेयर बजारबाट सरकारले ६ महिनामै उठायो ९ अर्ब ८२ करोड पूँजीगत लाभकर

National Life
  • BFIS News
  • 2025 Jan Wed 22:21
शेयर बजारबाट सरकारले ६ महिनामै उठायो ९ अर्ब ८२ करोड पूँजीगत लाभकर
RBB

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा राज्यले सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख १२ हजार ३५४ रुपैयाँ पुँजीगत लाभकर पाएको छ ।

NIMB

सिडिएससीका अनुसार पुस मसान्तसम्म राज्यले सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख १२ हजार ३५४ रुपैयाँ पुँजीगत लाभकर पाएको हो । सिडिएससीका अनुसार ६ महिनाको अवधिमा सबैभन्दा बढी मंसिर र सबैभन्दा कम पुस महिनामा पुँजीगत लाभकर उठेको छ ।

सिडिएससीका अनुसार मंसिर महिनामा १ अर्ब ४ करोड ६ लाख २३ हजार ५१४ रुपैयाँ लाभकर उठेको छ । यस्तै पुस महिनामा ५८ करोड ७ लाख ८५ हजार ४५८ रुपैयाँ लाभकर उठेको छ । सिडिएससीका अनुसार साउन महिनामा ४ अर्ब २७ करोड ५३ लाख ९१८ रुपैयाँ, भदौमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार ६०७ रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार ४६५ रुपैयाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार ३८९ रुपैयाँ संकलन भएको छ ।

सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

सेयर बजारको कारोबार रकममा आइरहने उतारचढावका कारण पुँजीगत लाभकरमा असर पर्ने गर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने गर्छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया