NIMB Header 2
Nepal Life

डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न

National Life
  • BFIS News
  • 2025 Jan 16 17:39
डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न
Sanima Reliance

काठमाडौं । ललितपुर स्थित डिएभी कलेजले तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप पुष २९ देखि माघ २ गतेसम्म भव्य रुपमा सम्पन्न गरेको छ । 

Shikhar
NIMB

डिएभी कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाण्डौँ, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेज सम्बद्ध २४ टिमको सहभागीता रहेको थियो । 

टुर्नामेन्टको उद्घघाटन सत्रमा, लुम्बिनी बुटवलका स्ट्राइकर जिलेस्पी जङ्ग कार्की, डिएभी कलेजका अध्यक्ष श्री अनिल केडिया, त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक विज्ञान संकायका सहायक डिन चिरञ्जीवि आचार्य, डिएभी कलेजका चिफ एकेडेमीक एडभाइजर एसोसिएट प्रोफेसर श्री मनोज कुमार चौधरी, शिलापत्र डटकमका अध्यक्ष विनय खकुरेल, त्रिशुली भिल्लाका जेनरल म्यानेजर सन्देश दवाडी  र बीसीए कलेजका एकेडेमिक हेड श्री शशि भूषण चतुर्वेदी सहभागी भई खेलाडीहरूलाई हौषला प्रदान गरेका थिए । 

उद्घघाटन सत्रमा सहभागी कलेजहरूका प्रतिनिधि शिक्षक र कर्मचारीहरू समेत उपस्थित भई  खेलमा थप रौनकता  प्रदान गरेका थिए । बीसीए कलेजहरू बिच नेपालमै प्रथम पटक आयोजना गरिएको बीसीए कप मेन्स ईन्टरकलेज फुटसल टुर्नामेन्टलाई निरन्तरता दिदैँ तेस्रो संकरण आयोजना गरिएको डिएभी कलेजले जनाएको छ ।  

यस वर्ष नागार्जुन कलेजले डिएभी बीसीए अन्तर–कलेज कप र नगद पुरस्कार एक लाख पचास हजार रूपैयाँ हात पार्यो । प्रथम विजेता टोलीलाई त्रिशुली भिल्लाले समेत फ्रि र्याङ्खिटङ प्याकेज  प्रदान गर्यो  । त्यसैगरी रनर—अप स्थान हाँसिल गर्दै पास्कल कलेजले ७५ हजार रूपैयाँ सहित रनर—अप ट्रफी हात पार्यो ।

उक्त प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले वेस्ट प्लेयर अर्वाड हात पारे । साथै नागार्जुन कलेजका खेलाडीद्वय रिषभ श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र श्रेवन श्रेष्ठले वेस्ट स्कोर अर्वाड जित्न सफल भए । 

विजेता र उप विजेता दुवै टोलीलाई मेडल सहित मेरीट सर्टिफिकेटद्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा अध्यक्ष श्री अनिल केडिया, लगायत कलेजका प्रतिनिधिहरूको  सहभागीता रहेको थियो ।  टुर्नामेन्टलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न एन्फा आबद्ध रेफ्रीद्वय उज्वल लिम्बु र मधुकर आचार्यकोे उल्लेखनीय योगदान रहेको थियो । 

टुर्नामेन्ट अबधिभर सहभागी कलेजका विद्यार्थी र शिक्षकहरू गरी करिब पाँच हजार दर्शकहरूको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता वीज्जीडिएभी ईभेन्ट क्लबको आयोजना र डिएभी कलेजको सर्मथनमा संचालन गरिएको हो । 

टुर्नामेन्टको संचालन बिभागिय प्रमुख सुदिप अधिकारी, वीज्जीडिएभी ईभेन्ट क्लबका प्रेसीडेन्ट र रहिता शाक्य, भाइस—प्रेसीडेन्ट मनश्री शाक्य र सेक्रेटरी महेश्वर सिलवालले गरेका थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया