आरएसडिसी लघुवित्तको खराव कर्जा बढ्दा मुनाफा ३६.२५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ९.३६ रुपैयाँमै सिमित
- BFIS News
- 2025 Jan Sun 06:53
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको खराव कर्जा बढ्दा मुनाफामा प्रभाव परेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेको कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७४.९१ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.६८ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ४१ लाख रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ९ रुपैयाँ ३६ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७१.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ।
९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ पुस मसान्तसम्ममा लघुवित्तले ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
प्रतिक्रिया