Nepal Life

हिमालयन लाइफको १४ प्रतिशत बोनस शेयर घोषणा, चुक्ता पूँजी ९ अर्ब १४ करोड पुग्ने 'जीवन बीमा तर्फ सर्वाधिक ठुलो पूँजी'

National Life
  • BFIS News
  • 2025 Jan Sun 11:12
हिमालयन लाइफको १४ प्रतिशत बोनस शेयर घोषणा, चुक्ता पूँजी ९ अर्ब १४ करोड पुग्ने 'जीवन बीमा तर्फ सर्वाधिक ठुलो पूँजी'
RBB

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको हालको चुक्ता पूँजी ८ अर्ब २ करोड रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड पुग्नेछ । 

NIMB

हाल जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफको सबैभन्दा धेरै ८ अर्ब २० करोड रहेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर घोषणा गरिसकेको हुँदा लाभांश वितरण पछि कम्पनीको चुक्ता पूँजी ९ अर्ब २ करोड पुग्नेछ । यस हिसावले हिमालयन लाइफ जीवन बीमा क्षेत्रमा सबैभन्दा ठुलो चुक्ता पूँजी भएको कम्पनी बन्नेछ । 

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण गर्न बाँकी छ । 

हिमालयन लाइफले वितरण गरेको लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्रै कम्पनीले साधारणसभा आह्वान गर्न सक्ने छन् । साधारणसभाले लभांश पारित गरेपछि मात्रै शेयरधनीले लाभांश पाउन सक्नेछन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार