Nepal Life

शेयर बजारमा सुधारको संकेत, नेप्से सूचक १२.५८ अंकले बढ्यो, फाइनान्समा फर्किए लगानीकर्ता

National Life
  • BFIS News
  • 2025 Jan Sun 15:13
शेयर बजारमा सुधारको संकेत, नेप्से सूचक १२.५८ अंकले बढ्यो, फाइनान्समा फर्किए लगानीकर्ता
RBB

काठमाडौं । शेयर बजारमा सुधारको संकेत देखिएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचक १२.५८ अंकले सुधार भएर २६०१.२१ अंकमा बन्द भएको छ । 

NIMB

सूचक सँगै कारोबार रकममा पनि सुधार देखिएको हो । आज ६ अर्ब २५ करोडको कारोबार भएको छ । आज जीवन बीमा कम्पनी र उत्पादन तथा प्रशोधनमुलक कम्पनीको शेयरमा सुधार देखिएको छ । गएका दिनमा फाइनान्स तथा विकास बैंकमा गिरावट देखिदै आएकोमा आजदेखि फाइनान्सको शेयर मूल्यमा सुधार देखिन थालेको हो । 

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई संकटग्रस्त घोषणा गर्ने हल्लाले फाइनान्सको शेयर मूल्यमा लगातार गिरावट देखिदै आएको थियो । यस अवधिमा फाइनान्सको शेयर मूल्य ५० प्रतिशत भन्दा धेरैले गिरावट आएको छ । लो क्यापका कम्पनीमा मात्रै केन्द्रित रहदै आएका शेयरधनीले फाइनान्स तथा लो क्यापका कम्पनीमा गुमाउदा शेयर बजारमै प्रभाव देखिएको थियो । 

यद्यपी शेयर बजार सुधार हुने आधारहरु धेरै छन् । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै गए पछि हरेक दिन तरलता तान्दै आइरहेको छ । सिजनमै बैंकहरुमा लक्ष्य अनुरुप कर्जा प्रवाह हुन सकेको छैन । निक्षेपको तुलनामा कर्जा विस्तारको अंक धेरै देखिए पनि विगतमा निक्षेप मात्रै थुप्रिदा अधिक तरलता देखिदै आएको छ । 

आज १७१ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिदा ६८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । पछिल्ला दिनमा बीमा कम्पनीहरुले पनि लगानीकर्ताले अपेक्षा गरे भन्दा आकर्षक लाभांश दिन थालेका छन् । यद्यपी बैंक वित्तीय संस्थाको लाभांश तुलनात्मक रुपमा निकै कम छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया