Nepal Life

नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर माघ १५ गतेसम्म शेयर किन्नेले पाउने

National Life
  • BFIS News
  • 2025 Jan Mon 07:57
नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर माघ १५ गतेसम्म शेयर किन्नेले पाउने
RBB

काठमाडौं । नेको इन्स्योरेन्सले निष्काशन गर्न लागेको हकप्रद शेयर माघ १५ गतेसम्म शेयर किन्नेले मात्रै पाउने भएका छन् । कम्पनीले माघ १८ गते बुक क्लोज तय गरेको छ । बुक क्लोज भन्दा अगाडी १६ र १७ गते सार्वजनिक विदा रहेको हुँदा माघ १५ गतेसम्म कायम शेयरधनीले मात्रै उक्त हकप्रद शेयर खरिद गर्न पाउने छन् । 

NIMB

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०० बराबर २५ कित्ता अनुपात अर्थात् २५ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिइसकेको छ । कम्पनीले कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ ।

हकप्रद निष्कासनबाट कम्पनीले करिब ५० करोड रुपैयाँ पूँजी जुटाउनेछ । निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी साढे २ अर्ब पुर्‍याउनुपर्ने नियामकीय प्रावधानअनुरुप कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार