Nepal Life

सिद्धार्थ बैंकमा एनपिएलको प्रभाव, इम्पेरियल चार्ज बढ्दा नाफा खुम्चियो

National Life
  • BFIS News
  • 2025 Jan Mon 09:53
सिद्धार्थ बैंकमा एनपिएलको प्रभाव, इम्पेरियल चार्ज बढ्दा नाफा खुम्चियो
RBB

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ५३ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य बढेपनि र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

NIMB

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.६८ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.४० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड रुपैयाँबाट बढेर २ अर्ब २६ करोड ५१ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ५४.३७ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ६५ पैसा घटेर ७ रुपैयाँ ५३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२१ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया