Nepal Life

सगरमाथा लुम्बिनी सलिकोद्धारा मधेस प्रदेशमा न्यानो कम्बल वितरण

NMB Bank
  • BFIS News
  • 2025 Jan 20 18:05
सगरमाथा लुम्बिनी सलिकोद्धारा मधेस प्रदेशमा न्यानो कम्बल वितरण
National Life

काठमाडौं, माघ ७ गते । सगरमाथा लुम्विनी इन्स्योरेन्स 'सलिको'ले मधेस प्रदेशमा न्यानो कम्बल वितरण कार्यक्रमको सुरुवात गरेको छ । कम्पनीले पहिलो चरणमा आज पर्सा जिल्लाको पकाहमैनपुर गाउँपालिका वडा नम्बर ४ मा ७० जनालाई कम्बल वितरण गरेको छ । 

Shikhar
NIMB

कम्बल वितरण कार्यम्रममा वडा अध्यक्ष  भेडी प्रसाद यादव,नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेश प्रमुख निशान्त कुमार लामिछानेले, शाखा प्रमुख संदिप सिंह ठकुरी, समाजसेवी अयोध्या प्रसाद चौहान को उपस्थिति रहेको थियो ।

कम्पनीले मधेष प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल बितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । जाडो मौषममा तराईका क्षेत्रमा शितलहरले जनजीवन प्रभावित भइरहेको अवस्थामा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो कार्यक्रम सञ्चालन गरेको हो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया