सामाजिक सुरक्षाकोषमा आवद्ध श्रमिकले मेघा हस्पिटलमा निः शुल्क औषधी उपचार पाउने
- BFIS News
- 2023 Sep Mon 12:47
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने श्रमिकले मेघ हस्पिटलमा निः शुल्क उपचारको सुविधा पाउने भएका छन् ।
सामाजिक सुरक्षा कोष र मेघा हस्पिटल बीच स्वास्थ्य बीमा सम्बन्धी समझौता भएको छ । श्रमिकहरुले अस्पतालमा उपचार गराउदा २० प्रतिशत नगद बुझाए पछि ८० प्रतिशत दाबी अनलाइनप्रणालीबाट भुक्तानी पाउने छन् ।
सम्झौता भए सँगै हस्पिटलले आफ्नो सेवा सहज, छिटो, क्षरितो होस भन्ने हेतुले छुटै डिपार्टमेन्ट खडा गरी दक्ष डाक्टर, नर्स, व्यवस्थापनको टीमबाट २४ घन्टा हरेक रोगहरूको उपचार गरिरहेको छ ।
सामाजिक सुरक्षा कोषले सञ्चालनमा ल्याएको स्वचालित विद्युतीय प्रणाली सेवाको शुभारम्भसँगै कोषमा आबद्ध श्रमिकले निःशुल्क रूपमा उपचार गराउन पाएका हुन् । हालसम्म कोषले ६२ वटा अस्पताललाई कोषमा जोडिसकेको छ ।
श्रमिकहरुले एक वर्षमा एक लाख रुपैयाँसम्मको औषधी उपचार खर्चको दाबी प्राप्त गर्छन् । कोषले एक लाख रुपैयाँसम्मको सिलिङमा हरेक पटक ८० प्रतिशतका दरले दाबी भुक्तानी गर्दैछ । यसो गर्दा एक वर्षमा एक लाख २० हजार खर्च भएसम्म एक लाख रुपैयाँको सुविधा पाउन सकिन्छ ।
प्रतिक्रिया