NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर सहित २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Muktinath Bank
  • BFIS News
  • 2025 Jan 22 08:36
नेपाल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर सहित २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Everest Bank

काठमाडौं, माघ ९ गते । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १० गते अर्थात भोली एक दिनका लागि बुकक्लोज गर्दैछ।

Shikhar
NIMB

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्सले माघ २८ गते, होटल भिष्वा, वीरगंजमा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया