Nepal Life

नेपालमै पहिलो पटक जगदम्बाले ल्यायो भूकम्प प्रतिरोधी डण्डी बनाउने प्राईम बिलेट

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 14:12
नेपालमै पहिलो  पटक जगदम्बाले ल्यायो भूकम्प प्रतिरोधी डण्डी बनाउने प्राईम बिलेट
Sanima Reliance

काठमाडौं । जगदम्बा  ईन्टरप्राईजेज प्रा.लि.ले अत्याधुनिक LRF (Ladle Refining Furnace)   प्रविधि मार्फत नेपालमा पहिलो पटक प्राईम बिलेट (Prime Billet) उत्पादनमा ल्याएको छ । भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राईम बिलेट नेपालमै पहिलोपटक जगदम्बा  ईन्टरप्राईजेज प्रा.लि.ले  उत्पादनमा ल्याएको हो ।

NIMB

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा Fe 500D गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ । Fe 500D डण्डी भूकम्प प्रतिरोधात्मक हुन्छ । यस्तो डण्डी केवल प्राईम बिलेटबाट मात्र बन्दछ । जगदम्बा ईन्टरप्राईजेज प्रा.लि.ले जगशक्ति गोल्ड (Jagshakti Gold) ब्राण्डमा FE 500D डण्डीको उत्पादन एवं बिक्री बितरण गर्दै आएको छ ।

बीरगञ्ज-पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बा ईन्टरप्राईजेज प्रा.लिले जि.आई.पाईप, व्ल्याक पाईप, त्यूबुलार पोल, हाईमाष्ट पोल, फेव्रिकेशन तथा अन्य बिभिन्न किसिमका फलामजन्य वस्तुहरुको उत्पादन गर्दै आएको छ । बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण प्राप्त यो उद्योग नेपाल बिद्युत प्राधिकरणको सबैभन्दा ठुलो ग्राहक र नेपालको अग्रणी फलामजन्य उद्योगको रुपमा परिचित छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया