निर्जीवन बीमा व्यवसायमा शिखरको कम व्याक, दोस्रो त्रैमाशमा २ अर्ब ५९ करोड आर्जन गर्दै १२.१६ % बजार हिस्सा
- BFIS News
- 2025 Jan Thu 20:59
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्न सफल भएको छ । निर्जीवन बीमा व्यवसायमा गएका महिनामा शिखर बाहेक अन्य कम्पनीहरु अगाडी देखिए पनि ६ महिनाको अवधिमा आइपुग्दा पहिलो नम्बरमा कम व्याक भएको छ ।
शिखरले ६ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २१ अर्ब ३० करोड रुपैयाँ आर्जन गर्दा शिखर एक्लैको १२.१६ प्रतिशत बजार हिस्सा रहेको छ । ६ महिनाको अवधिमा कम्पनीले एक लाख ४९ हजार वटा पोलिसी जारी गरेको छ ।
पुस एक महिनामा मात्रै शिखरले ८४ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी दोस्रो स्थानमा रहेको कम्पनीले ३६ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ ।
शिखर पछि दोस्रो स्थानमा सगरमाथा लुम्बिनी रहेको छ । सगरमाथाले कुल २ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा ११.९९ प्रतिशत रहेको छ । तेस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियरले २ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा १०.०३ प्रतिशत छ ।
चौथो स्थानमा रहेको आइजिआइ प्रुडेन्सियलले ६ महिनामा एक अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा ८.१५ प्रतिशत छ । हिमालयन एभरेष्टले ६ महिनामा एक अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा ८.०७ प्रतिशत छ । यस पश्चात नेकले एक अर्ब ६६ करोड सहित ७.८२ प्रतिशत हिस्सा ओगटेको छ ।
प्रतिक्रिया