Nepal Life

हकप्रद शेयर निष्कासन गर्दै प्रभु स्टील्स

National Life
  • BFIS News
  • 2025 Jan Fri 07:02
हकप्रद शेयर निष्कासन गर्दै प्रभु स्टील्स
RBB

काठमाडौं । प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । साे कम्पनीले गएको माघ ०६ गतेसम्म कायम संस्थापक शेयरधनीहरुको लागि १:१ (अर्थात् विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर ) को अनुपातमा प्रति शेयर रु. ५० अङ्कित मूल्यको शेयर यही माघ २४ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको हाे ।

NIMB

यस कम्पनीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी आफ्ना शेयरधनीहरुलाई जानकारी दिएको हो । यस कम्पनीको मुख्य उद्देश्य ठूला परियोजनामा लगानी गरी मूलकको विकास गर्नु रहेको छ ।

कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा लगानी गर्दछ । यस कम्पनीले हाईड्रो पावरको विभिन्न संरचनामा चाहिने मसिनहरु आयात गरी भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई सप्लाई गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ३१ मा गत आ.व.मा ३ (तीन) विगाह जमिन समेत खरिद गरेको छ ।

यस कम्पनीले दोस्रो बजारमा समेत ठूलो लगानी गर्दछ । कम्पनीले माथिल्लो दोर्दी खोला जलविद्युत आयोजना २५ मेगावाट, सुपर आँखुखोला जल विद्युत आयोजना २५.४ मेगावाट र बुटवलको फुलबारी पार्क देउराली डाँडा स्थित सञ्चालनमा आई सकेको भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केवलकार लिमिटेडमा लगानी गरेको छ ।

यस कम्पनीको मुख्य लगानी रहेको सिद्धार्थ केवलकारमा सञ्चालनमा आएको तीन महिनामा नै एक लाख पन्ध्र हजार भन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटकहरुद्वारा केवलकारका साथसाथै ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्त्वका बिभिन्न स्थलहरुको अवलोकन गरिसकेका छन् ।

यस कम्पनीले बडीमालिका केवलकार, ईच्छाकामना केवलकार र प्रभु जलविद्युत विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिवद्धता गरी लगानी बढाई रहेको कम्पनीका कार्यकारी अधिकृत दिलप्रसाद अधिकारीले बताए । यस कम्पनीले विभिन्न उत्पादन मूलक उद्योग र ठूला परियोजनामा लगानी गर्ने उद्देश्य राखी सम्झौताको अन्तिम चरणमा रहेको जनाएको छ ।

यस कम्पनीको सार्वजनिक शेयर निष्कासन आईपीओ गर्ने सम्पूर्ण कार्य गर्न गत मंसीर २६ गते कम्पनी र कुमारी क्यापिटल बीच सम्झौता भएको छ । यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्बको छ । यस कम्पनीले आईपीओ निष्कासन पछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको छ ।

यो कम्पनी विगत २ वर्षदेखि निरन्तर सञ्चालन मुनाफामा रहेको कम्पनीले जनाएको छ । हकप्रद शेयरमा आवेदन दिन चाहने शेयरधनीहरुले कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा. ३२, तिनकुने, काठमाडौंमा कार्यालय समयमा सम्पर्क गरी हकप्रद शेयरमा आउँदो फागुन २८ गतेसम्म आवेदन दिन सकिने छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार