Nepal Life

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

NMB Bank
  • BFIS News
  • 2025 Jan 26 20:49
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

Shikhar
Nepal Life
NIMB

‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले कार्यक्रमलाई सम्बोधन गर्दै सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बीमा क्षेत्रको पनि दायित्व भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूलाई निर्देशन दिए ।

बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बीमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र बीमा कम्पनीहरूलाई समेत यस सम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न निर्देशन दिइएको उनले उल्लेख गरे ।

अध्यक्ष दहालले बीमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम लगायत आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । कार्यक्रममा डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी तथा उपनिर्देशक पदम प्रसाद सोडारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया