Nepal Life

नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीहरुलाई चुक्ता पुँजी वृृद्धि गर्न १ वर्षको म्याद थप, २० अर्ब पुर्याउनु पर्ने

National Life
  • BFIS News
  • 2025 Jan Mon 11:19
नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीहरुलाई चुक्ता पुँजी वृृद्धि गर्न १ वर्षको म्याद थप, २० अर्ब पुर्याउनु पर्ने
RBB

काठमाडौं, माघ १४ गते । पुनर्बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृृद्धि गर्न १ वर्ष म्याद थप भएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्ने समय सीमा थपिदिएको हो । गत पुस अन्तिम साता बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्ने समय थप गरिदिएको छ । 

NIMB

२०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बिमा कम्पनीहरुले एक वर्षभित्र २० अर्ब चुँक्त पुँजी पुर्याउनुपर्ने निर्णय गरेको थियो । उक्त समय सीमा थप भएसँगै अब २०८२ को माघ १७ गतेभित्र पुनर्बिमा कम्पनीहरु २० अर्ब चुक्ता पुँजी पुर्याउनु पर्नेछ । 

अहिले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स २ कम्पनीहरु पुनर्बीमा कम्पनीको रुपमा नेप्सेमा सूचीकृत छन् । नेपाल पुनर्बीमाको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ भने हिमालयन रिको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ छ । यहि चर्चाले केहि दिनदेखि दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया