Nepal Life

क्रेस्ट माइक्रोको आइपिओ आजदेखि निष्काशन, वैदेशिक रोजगारमा गएकाले पनि १० कित्ता आवेदन दिए पुग्ने

NMB Bank
  • BFIS News
  • 2025 Jan 28 10:16
क्रेस्ट माइक्रोको आइपिओ आजदेखि निष्काशन, वैदेशिक रोजगारमा गएकाले पनि १० कित्ता आवेदन दिए पुग्ने
United Ajod

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २९ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। यस भन्दा अगाडी गार्डियनले निष्काशन गर्दा ५० हजार भन्दा धेरैको आवेदन परेको थियो । त्यसमा पनि ३७ हजार मात्रै योग्य देखिएका थिए । यस मध्ये २२ हजार ५०० यसले मात्रै शेयर पाउन सफल भए । त्यसैले यसमा पनि १० कित्ता भन्दा धेरैको आवेदन आवश्यक छैन । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया