माहुली लघुवित्तको एफपीओ आजदेखि कारोबार हुने, पहिलो कारोबार १४५० रुपैयाँबाट सुरु
- BFIS News
- 2025 Jan Tue 10:34
काठमाडौं । माहुली लघुवित्तको एफपिओ आजदेखि कारोबार हुने भएको छ । संस्थाले हिजो सोमबार नेपाल स्टक एक्सचेन्जमा एफपिओ सूचीकृत गरे सँगै आजदेखि कारोबार प्रारम्भ भएको हो । दोस्रो बजारमा संस्थाको शेयर १४५० रुपैयाँ रहेको छ ।
कम्पनीले ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर सर्वसाधारणको लागि जारी गरेको थियो । कम्पनीको नेप्से कोड ‘एमएसएलबी’ रहेको छ । सोमबार कारोबार बन्द हुँदा माहुलीको शेयर १४ सय ५० रुपैयाँमा अन्तिम कारोबार भयो।
कम्पनीको संस्थापकको ८०.३२ प्रतिशत र सर्वसाधारणको १९.६८ प्रतिशत मात्रै रहेका कारण सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन गरेको हो ।
प्रतिक्रिया