Nepal Life

सिटिजन लाइफको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, ११ लाख ७ हजारको आवेदन

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 06:24
सिटिजन लाइफको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, ११ लाख ७ हजारको आवेदन
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफले माग भन्दा धेरै कित्ताको लागि आवेदन परे सँगै आजदेखि प्राथमिक शेयरको निष्काशन बन्द गर्ने भएको छ । सिडिएससीका अनुसार कम्पनीको आइपिओमा ११ लाख ७ हजारले एक करोड २४ लाख कित्ताको लागि आवेदन दिएका छन् । 

NIMB

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँको दरले शेयर निष्काशन गर्नेछ । न्युनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

तर प्राथमिक शेयर बाँडफाँडको प्रणालीलाई हेर्दा कम्पनीको प्राथमिक शेयरमा न्युनतम १० कित्ता भन्दा धेरैका लागि आवेदन दिनु पर्ने देखिदैन । कम्पनीको शेयर ९ लाख जनाले पाउने छन् । 

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् ।  कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो ।  कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ  ।

कम्पनीले न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउनु पर्ने हुन्छ । यसका लागि कम्पनीलाई एक अर्ब २५ करोड आवस्यक पर्छ । कम्पनीले आफ्नो जगेडा कोषमा भएको रकम र प्रिमियम मार्फत आर्जन भएको रकम मार्फत सहजै उक्त रकम बोनस शेयर मार्फत दिन सक्ने देखिन्छ । त्यसैले कम्पनीले कम्तिमा पनि ३४/३५ प्रतिशत लाभांश दिनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया