सुनको भाउ २३ सयले बढ्यो, प्रतितोला ६२ हजार ८०० रुपैयाँमा कारोबार
- BFIS News
- 2025 Jan 31 11:47
काठमाडौँ, माघ १८ गते । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु. दुई हजार तीन सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु. एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु. एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला रु. ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु. एक हजार आठ सय ८५ मा कारोबार भएको थियो
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया