NIMB Header 2
Nepal Life

अर्थतन्त्र ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा छैनः प्रधानमन्त्री

Muktinath Bank
  • BFIS News
  • 2025 Jan 31 16:28
अर्थतन्त्र ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा छैनः प्रधानमन्त्री
National Life

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र अहिले ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा नरहेको बताएका छन् । शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रका परिसूचकहरु राम्रो रहेको बताए । नराम्रा परिसूचकहरु पनि अहिले सुधारोन्मुख रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउन र माग बढाउन सरकार लागि परेको बताए ।

Shikhar
NIMB

अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्ने वित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रवैयालाई परिर्वतन गरेको बताए । निर्माण व्यवसायीको कानूनसम्मत रुपमा सिर्जना भएको तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेको उल्लेख गरे। ३५ जिल्लाका १५ लाख भन्दा बढी दुग्ध किसानलाई सरकार बनेको एक सय दिनभित्रै भुक्तानी दिएको बताए ।

प्रधानमन्त्री भने, ‘६ महिना अघिजस्तो अहिले अर्थतन्त्रमा भयावह स्थिति छैन । अर्थतन्त्रका परिसूचकहरु राम्रा छन् । पहिलेका ‘नराम्रा’ परिसूचकहरु सुधारोन्मुख छन् । अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ र माग वढाउन सकिन्छ भनेर सरकार लागिपरेको छ । अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्ने वित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रवैयालाई परिर्वतन ग¥यौं । निर्माण व्यवसायीको कानूनसम्मत रुपमा सिर्जना भएको, तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेका छौ । धेरै समयदेखि ३५ जिल्लाका १५ लाख भन्दा बढी दुग्ध किसानलाई सरकार बनेको एक सय दिनभित्रै भुक्तानी दिएका छौं । त्यसैगरी, करिब ७५ हजार उखु किसानहरू, जसले वर्षौंदेखि आफ्नो पसिनाको मूल्य पाउन सकेका थिएनन्, उनीहरूले पनि आफ्नो अनुदान वापतको भुक्तानी पाइसकेका छन् । कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौं कृषकहरूको बीमा वापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा पठाइएको छ । अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले जे जे गर्न सकिन्छ, ती सबै उपायहरु अवलम्वन गरेको छ । निजी क्षेत्रकै माग बमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठन गरिएको छ । तिनले दिएका सुझाबहरु कार्यान्वयन गर्ने चरणमा सरकार पुगेको छ ।’

प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै माग बमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठन गरिएको बताए । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया