शिखर इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई २७ करोड ९३ लाख लाभांश वितरण गर्ने, चुक्ता पूँजी २ अर्ब ९१ करोड पुग्ने
- BFIS News
- 2025 Jan Fri 21:06

काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ १५ गते बसेको संचालक समितिको बैठकले आ.व. २०८०/८१ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले यस वर्ष कर प्रयोजन सहित शेयरधनीलाई २७ करोड ९३ लाख रुपैयाँ वितरण गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रहेको छ । लाभांश वितरण पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ९१ करोड रुपैयाँ पुग्नेछ । नियमनकारी निकाय बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रिया