Nepal Life

‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजनामा सहभागी तीन जनाले जिते आइफोन १६

NMB Bank
  • BFIS News
  • 2025 Jan 31 21:21
‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजनामा सहभागी तीन जनाले जिते आइफोन १६
United Ajod

काठमाडौं। विदेशमा कमाएको रकम आइएमई गरी नेपाल पठाएका तीन जना भाग्यशाली विजेताहरूले आइफोन १६ जितेका छन्। आइफोन १६ जित्नेहरूमा रोमानियाबाट ज्ञानेन्द्रप्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगर रहेको आइएमईले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमईका ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्रमार्फत तीन जना भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन्।

कम्पनीका अनुसार ‘यो चाडपर्व आइएमई गरौँ, उद्यमी बनौँ’ योजनाको पहिलो चरणको मासिक उपहारअन्तर्गत असोज, कात्तिक र मंसिर महिनाको आइफोन १६ को विजेता छनौट भएका हुन्।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्समार्फत पठाउन र रेमिटमार्फत प्राप्त रकम उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना गत असोज २०८१ मा सार्वजनिक गरेको थियो। यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये थप ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिकअप ट्रक जित्ने कम्पनीले जनाएको छ।

दोस्रो चरणको योजना पुस २०८१ देखि सुरु भएर साउन २०८२ सम्म लागू रहने छ। जसमा तीन जना भाग्यशाली विजेताले दोस्त पिकअप ट्रक जित्न सक्ने कम्पनीले जानकारी दिएको छ।

आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन्। आइएमईले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको बताएको छ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए। साथै यो योजनाले डिजिटल माध्यम आइएमई पेमार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्ने पनि पौडेलले उल्लेख गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया