Nepal Life

भारतमा पारिश्रमिक आयमा लाग्ने आयकरमा भारी छुट, तलब मार्फत १२ लाखसम्मको आम्दानीमा कर नलाग्ने

National Life
  • BFIS News
  • 2025 Feb Sat 17:10
भारतमा पारिश्रमिक आयमा लाग्ने आयकरमा भारी छुट, तलब मार्फत  १२ लाखसम्मको आम्दानीमा कर नलाग्ने
RBB

काठमाडौं । भारतले आयकरको सिलिङमा व्यापक फेरबदल गरेको छ । भारतले नयाँ बजेट मार्फत नयाँ कर प्रणाली अन्तर्गत अर्थमन्त्री निर्मला सीतारमणले मध्यम वर्गिय परिवारलाई करको बोझ कम गर्न संशोधित कर स्ल्याब तथा दरहरू घोषणा गरेकी छिन् ।

NIMB

सरकारले विशेष समुहका तलवी कर्मचारीले अब वार्षिक १२ लाख रुपैयाँसम्मको आम्दानीमा कुनै कर तिर्नु नपर्ने भएको हो । यस्तो सुविधा विशेष आम्दानी बाहेकमा लागु हुने सरकारले जनाएको छ । यस संशोधित कर संरचनाले आगामी आर्थिक वर्षदेखि १२ लाखभन्दा बढी आम्दानी गर्नेहरूलाई फाइदा पुर्‍याउनेछ । यसमा केहि कुराहरु अझै खुल्न नसकेको भन्दै आलोचना पनि भइरहेको छ । 

सोसल मिडियामा धेरैले सरकारको यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन् । विभिन्न मिम्सहरू शेयर गर्दै कर संरचनामा सुधारलाई स्वागत गरिएको छ भने केही प्रयोगकर्ताहरूले कर कटौतीपछि बचत कति हुने भन्ने विषयमा प्रश्न उठाएका छन् ।

यस भन्दा अगाडी तीन लाख रुपैयाँसम्मको आम्दानीमा कर लाग्दैन थियो । तीन लाखदेखि ७ लाखसम्मको आम्दानीमा ५ प्रतिशत, ७ लाखदेखि १० लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत, १० लाखदेखि १२ लाख रुपैयाँको आम्दानीमा १५ प्रतिशत, १२ लाखदेखि १५ लाख सम्मको आम्दानीमा २० प्रतिशत र १५ लाख भन्दा माथिको आम्दानीमा ३० प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ । अव यसमा ठुलो परिवर्तन हुने भएको हो । 

पूँजीगत लाभको आम्दानीमा भने ४ लाख रुपैयाँ भन्दा माथिको आम्दानीदेखि नै कर लाग्न सुरु हुनेछ । तलव मार्फतको आम्दानी बाहेकमा कर लागे पनि रोजगारी अर्थात नियमित तलव आर्जन गर्नेको हकमा भने करको सिलिङ बढेको हो ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया