रेमिट्यान्सको बृद्धिदर घट्यो, ६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब
- BFIS News
- 2025 Feb Sun 17:23
काठमाडौं । विप्रेषण आप्रवाहको बृद्धिदर २२.२ प्रतिशतबाट ४.१ प्रतिशतमा झरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स ४.१ प्रतिशतले बढेको छ, जवकी गएको वर्षको यहि अवधिमा २२.१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई रु.७६३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.८३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७९९ अर्ब ५४ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २,३०,४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,६२,६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २,०६,३९० र १,३३,९४० रहेको थियो ।
प्रतिक्रिया