Nepal Life

सिटिजन लाइफको आइपिओमा ४ अर्ब ९ करोडको आवेदन, ६ लाख १० हजारको हात खालि हुने

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 18:09
सिटिजन लाइफको आइपिओमा ४ अर्ब ९ करोडको आवेदन, ६ लाख १० हजारको हात खालि हुने
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफको आइपिओमा ४ अर्ब ९ करोड रुपैयाँको आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको प्राथमिक शेयरका लागि १५ लाख १० हजारले आवेदन दिएका छन् । 

NIMB

कम्पनीले सर्वसाधारणका लागि प्रिमियममा ९० लाख कित्ता शेयर जारी गरेको थियो । अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँको दरले शेयर निष्काशन गर्दा पनि सर्वसाधारणको आकर्षण देखिएको छ । कम्पनीको प्राथमिक शेयरमा १.८६ गुणा बढि आवेदन परेको छ । ९० लाख कित्ताका लागि आवेदन खुला गर्दा एक करोड ६७ लाख कित्ताका लागि आवेदन परेको हो । 

कम्पनीले भदौ १५ गतेदेखि आवेदन खुला गरेको थियो । पहिलो चरणमै माग भन्दा बढिको लागि आवेदन परे पछि आजै बिक्री बन्द गर्ने निर्णय गरेको हो । कम्पनीको शेयर ९ लाख जनाले १० कित्ताको दरले पाउने छन् । तर १५ लाख १० हजारको आवेदन परेको हुँदा ६ लाख १० हजारको हात खालि हुने देखिएको छ । 

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् ।  कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो ।  कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ  ।

कम्पनीले न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउनु पर्ने हुन्छ । यसका लागि कम्पनीलाई एक अर्ब २५ करोड आवस्यक पर्छ । कम्पनीले आफ्नो जगेडा कोषमा भएको रकम र प्रिमियम मार्फत आर्जन भएको रकम मार्फत सहजै उक्त रकम बोनस शेयर मार्फत दिन सक्ने देखिन्छ । त्यसैले कम्पनीले कम्तिमा पनि ३४/३५ प्रतिशत लाभांश दिनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया